© २०२३
काठमाडौँ ।
इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्काल प्रभावका साथ २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् ।
११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविरामको प्रस्ताव गरेका हुन् । अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनी अहिले असह्य भएको बताएका छन् । यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको र यो युद्ध लेबनान र इजरायलका जनताको हितमा नभएको उल्लेख गरेका छन् ।
युद्धविरामको यो प्रस्ताव इजरायली सेना प्रमुखले लेबनानमा हवाई हमलापछि हिजबुल्लाहका लक्ष्यहरूमा जमिन आक्रमणको तयारी गरिरहेको बताएपछि आएको हो । इजरायलले विगत तीन दिनदेखि लेबनानमा रहेको हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म करिब पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी