© २०२३
काठमाडौँ ।
थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता पाएको छ । थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानुनमा हस्ताक्षर गरेका हुन् ।
मिडिया रिपोर्टका अनुसार राजाको हस्ताक्षरपछि सो कानुनलाई राजपत्रमा समेत प्रकाशित गरिएको छ । अब यो कानुन १२० दिनपछि लागु हुने छ । यो कानुन लागु भएपछि पहिलो कानुनी समलिङ्गी विवाह अर्को वर्षको जनवरीमा हुने भएको छ ।
थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् ।
गत असारमा थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । थाइल्याण्ड यस्तो कानुन पारित गर्ने एशियाको तेस्रो देश बनेको छ । यस अघि नेपाल र ताइवानमा समलिङ्गी विवाह सम्बन्धि कानुन बनेको थियो ।
यसअघि गत फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी