ट्रेंडिंग:

>> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

काठमाडौँ ।

श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ ।

दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बनेका हुन् ।

शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । पहिलो राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो ।  विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भएका थिए ।

दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन् । चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।

अनुरा कुमार दिसानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गरेका छन् । संकटकालदेखि नै व्यवस्थित परिवर्तनको माग गर्दै आएका मतदाताहरूको मनमा उनको आशाजनक सन्देश गहिरो जरा गाडेको विश्वास गरिन्छ ।

सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो। त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो ।

श्रीलंकामा १ करोड ७० लाख मतदाता छन् र देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ । यद्यपि, प्रहरीले “सार्वजनिक सुरक्षा” लाई उद्धृत गर्दै शनिबार राति कर्फ्यू घोषणा गर्‍यो र यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याएको थियो ।

श्रीलंकामा करिब दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो। त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ । तथ्यांकअनुसार मुलुकमा करिब ७० प्रतिशत मतदान भएको थियो । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि सामेल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?