ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

युवा देशप्रति निराशा किन ?

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

नेपाल चार जात छत्तिस वर्णको साँझा फुलबारी हो । हाम्रो देश न कहिले उपनिवेस नै भयो न कहिले गुलाम केहि वर्ष अघि हाम्रो पुर्खाले अङ्ग्रेजहरू संग खुकुरी र लाठीको भरमा लडेर जित हासिल गरेका थिए । त्यसैले विश्वभर हामी नेपालीलाई बीर गोर्खालीका सन्तान भनेर चिनाउँछ ।
यति मात्र नभएर विश्व शान्तिका दुत गौतमबुद्ध जन्मेका सन्तान हामी विश्वको अल्लो चुचुरो सगरमाथाको शिखर भएको देशका सन्तान हामी तर आज आउँदा निकै दुःख लाग्दो अवस्था सिर्जना भएको छ । दैनिक रूपमा सयौ युवाहरू आफ्नो भविष्यको खोजीमा विदेश पलायन हुन अन्तराष्ट्रिय विमान स्थलमा खचाखच भरिएको हुन्छ । भने दैनिक जसो भविष्यको खोजीमा विदेश पलायन युवाहरूको सपना अधुरै भएर बाकसमा प्याक भएर आएका छन् । कति चेलीहरूका सिन्दुर पुछिए कति छोराछोरी टुहुरा भए भने कति आमाका काखहरू रित्तिए तर यो देशमा यसको श्रृय लिने कोही पनि नेता जन्मिएन यी लेख्दै गर्दा पनि यी आँखाबाट आसु तप–तप झरेको छ तर बिडम्बना के गर्नु हामीलाई मात्रै यो देशको माया लागेर नहुँदो रहेछ । विहान साँझ जनतन बाबाआमाले बिहान साँझ मेहनत गरेर पढाई लेखाई गराएका ती सन्तानहरूलाई विदेश पठाउन विवश छन् ।

यो कुनै रहर नभएर बाध्यता नै हो । पछिल्लो समय युवाहरूको दिमाग मष्तिस्कमा रहेको एउटा छाप भनेकै म कसरी विदेश पलाइन हुन सक्छु एउटा सानो ८÷१० कक्षामा पढ्ने विद्यार्थीलाई सोध्यो भने उसको सपनाको देशनै विदेश हुने गरेको छ । यो देशलाई अमुल परिवर्तन गर्छु भन्दै हिजो जनताको घर–घरमा भोट माग्दै हिडेर चुनाव जितेका सांसद वा नेता ज्युहरूले यो विडम्बना कहिले देख्नु भएन र कहिले सम्म देख्नु हँुदैन सायद उहाँहरूले यो अवस्था देख्दा सम्म कतै यो देशमा युवाहरूनै नहुन सक्छन् । पछिल्लो समय गाउँघरमा हेर्ने हो भने मर्दापर्दा पनि लास उठाएर घाटसम्म पु¥याउने युवाहरू नभएर महिलाले नै घाट सम्म लगेको कतिपय ठाउँहरूमा देख्न सकिन्छ । यो भन्दा ठुलो बिडम्वना के नै हुन सक्छ ।

देशमा भ्रष्टाचार र महंगीले सिमा नाघिसक्यो व्यापारीहरूले बंैकको व्याज पनि तिर्न नसक्दा आत्माहत्या गर्ने अवस्था सिर्जना भएको छ । हामीले यो देशमा आमुल परिवर्तन गर्छौ भन्दै चुनाव जिताएर संसदमा पठाएका नेता ज्युहरूले आफ्नो घर परिवार नातागोता इष्टमित्र मिलाउँदा नै ठिक्क भएको छ र त्यसैमा हामी जनता पनि सहिलाई सहि र गलतलाई गलत नभनी पार्टीनै सर्वश्रेष्ठ मानिएको कारणले गर्दा गलत मान्छेलाई सर्मथन गरेको देखिन्छ । जसले गर्दा देशलाई ठूलो घात पुगेको हुन्छ । हामी नेपाली घरको बाबाआमा संग चित्त नबुझेर छुट्टिएर अलग बस्न सक्छौ । तर यो देशलाई अनिर्णयको बन्दी बनाउने भ्रष्टाचार गर्ने जनताले जिताएको ५ वर्ष पुग्दा सम्म पनि केही नगर्ने र तीनै जनतालाई भ्रममा पारेका कारण देशका लागि ठुलो घात भएको छ । यसैले गर्दा यो देशमा बिकराल अवस्था सिर्जना भएको छ । यी यस्ता कारणले गर्दा पनि पछिल्लो समय युवाहरूमा देशप्रति निराशा र भविष्यको खोजीमा विदेश पलायनको कारण हुन सक्छ । प्रिय नेतागण ज्युहरू म पनि एक युवा नै हो यो लेख्दै गर्दा मलाई यो मनमा धेरै जिज्ञासा भएको छ । के हजुरहरूले यो देशको परिवर्तन चाहानु हुँदैन के युवाहरूलाई देशमै रोजगार अवस्था सिर्जना गर्न नसकिने नै हो त्यो ठुलो भवन कस्तो रहेछ ।

त्यहा पुगिसकेपछि जनताको समस्यानै भुलाई दिने तपाईलाई ५ वर्ष पहिले भोट हालेको एक युवा अरबको एक खाडीमा तातो घाममा पसिनाको खोलो बगाउँदै तपाईलाई सम्झिदै छ तर तपाईले कहिले सम्झनु भएन र यो देशमा पछिल्लो समयमा बढ्दो राजनीतिक प्रतिसोधको कारणले गर्दा आफ्नो पार्टी तल पर्छ कि भन्दै राम्रो काम गर्नेलाई पनि गर्न नदिएको कारणले गर्दा पनि यो देशको विकास केही पछि परेको देखिन्छ । सबै राजनीतिक दललाई आफ्नै कार्यकर्ताहरूलाई मिलाउन नै ठिक्क परेको छ । अनि कसरी पाउँछन देशमा रोजगार र कसरी बन्छ समृद्धि अब यहि अवस्थानै रहे भने अबको ५ वर्षमा युवाहरूनै नरहने र आवश्यक पर्दा छिमेकी देशबाट लिएर भर्र्ती गर्ने देखिन्छ ।

अन्तमा प्रिय नेता ज्युहरू हजुरलाई मेरो एउटा अनुरोध छ यो देश रहे हामी रहने हो र यो देशमा युवा रहे देश बन्ने हो आज सम्म परिवर्तनका निमित्त जे जति गर्नुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु र अब पनि सत्ता र कुर्सीको लोभमा देशलाई खाडलमा पु¥याउने काम केही पनि नगरेर सत्तामा बसिराख्नु भन्दा यो देशको एउटा असल सल्लाहाकार राष्ट्रप्रेमी र देशभत्ती भएर सुझाब दिदै काम गर्ने मान्छलाई अगाडि बढाउनु भन्दा यो देशको ठुलो भलो केही हुने छैन । सक्नेलाई काम गर्न दिउ राजनीतिक प्रतिसोध नसोचौ राम्रो मान्छेलाई समर्थन गरौ भ्रष्ट्राचार मुक्त देश बनाउ, राजनीतिमा नेतामोह घट्दै गयो भने भोली पक्कै पनि यो देश प्रति युवाहरूको निराशा कम हुने छ र यो देशमै रोजगारीको सिर्जना हुने छ भन्ने कुरामा केहि आशा पलाएको छ । (बेल्बासे आशाका किरण संस्था राप्ती गाउँपालिका–१ भालुवाङका अध्यक्ष हुन )
जय देश । जय स्वाभीमान ।। जय युवा ।।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?