ट्रेंडिंग:

>> दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक >> विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित >> गोरखापत्रका कार्यकारी अध्यक्ष सुवेदीलाई राष्ट्रपतिबाट अग्रज पत्रकार सम्मान >> भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु >> भेरी अस्पतालमा लाईभ शल्यक्रिया >> कुमाख गाउँपालिकामा युवाहरूले लगाए ताला, कर्मचारीमाथि अभद्र व्यवहार गरेको गाउँपालिकाको आरोप >> लसुन काण्डले राजस्वका प्रमुख अधिकृतको सरुवा >> युवा देशप्रति निराशा किन ? >> प्युठान दुर्घटना पाँच वर्षमा १ सय ५ को मृत्यु >> प्रकृति जोगाउन आन्दोलन >> धान बालीमा ‘सेतो पुतली प्रकोप’ >> तुरियाखोला पुलः डिजाइन फेल हुँदा पुल अलपत्र >> सक्रिय बन्दै मनसुन : आज राति यी प्रदेशमा धेरै पानी पर्ने >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटवार्ता >> आईसीसी विश्वकप लिग–२ : नेपाल लगातार तेस्रो खेलमा पराजित >> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

धान बालीमा ‘सेतो पुतली प्रकोप’

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

पाल्पा, ०७ असोज ।
जिल्लाको दोस्रो ठूलो अन्न भण्डारका रूपमा परिचित रामपुर फाँटमा धान वालीमा सेतो पुतलीले नोक्सान गरेको छ । किसानले धेरै अन्न फलाउने उद्देश्यले उन्नत जातको बिउ प्रयोग गरी लगाएको खेतमा ५ सय रोपनी क्षेत्रफलमा सेतो पुतलीले नोक्सान गरेको कृषकहरू बताउँछन् । स साना मसिना पुतली प्रजातीका किराहरूले पात डाँठ खाएर बोटलाई नोक्सान गरेपछि सुख्खा बनाएपछि पसाएको वाली ओइलाउँदै गएको किसानहरूले बताए ।

जब पसाएर झुल्न लागेको धान वालीमा मसिना मसिना किरा देखा परेपछि स्थानीय पसल बाट विषादी लगेर प्रयोग गर्दा समेत किराहरू नियन्त्रणमा आउन नसकेपछि स्थानीय सरकार, तथा नगर सरकारको कृषि शाखामा सम्पर्क गरेको स्थानीय कृषक राजेन्द्र खनाल बताउँछन् ।

नगर सरकारका कृषि शाखा प्रमुख नारायण गैरे भन्दछन् । किसानको खेतमा मसिनो पुतली जातको किराले नोक्सानी गरेपछि कृषि प्राविधिकहरू सुझावै बिना आफु खुसी विषादीको प्रयोग गर्दा नियन्त्रणमा आउन नसकेको हो । आफूले स्थलगत अवलोकन गरेको र नियन्त्रण भन्दा बाहिर गएकाले आफु भन्दा माथिल्लो निकायलाई स्थलगत अवलोकन गराएको गैरे बताउँछन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरी भन्दछन् यो मसिनो सेतो पुलतीले नोक्सान गरेको बताउदै प्रदेश सरकार संग समन्वय गरी नियन्त्रणको लागि किटनाशक विषादी गरिएको छ । थप नोक्सानी नहोस भनेर १ सय सीसी विषादी पठाउने व्यवस्था भएको छ । तिनाउ गाउँपालिकाको दोभानमा गोरखनाथ प्रजातीको धानको बाटमा समेत महामारीको रूपमा मसिनो सेतो पुतली प्रजातीको किरा देखा परेको स्थानीय कृषकहरू बताउँछन् । धानको वोटमा लहलह बाला लागेर सुन जस्तै झुल्ने समयमा किराले सखापै पार्न लाग्दा कृषकहरू चिन्तीत भएका छन् । यस वर्ष समयमा वर्षाद नभएर दु.खले रोपाई गरेका कृषकहरुलाई वाली भित्रयाउने बेलामा फेरी किराले सखापै पार्दा कृषकहरू थप समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?