© २०२३
भैरहवा, ८ कात्तिक ।
सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खानले निर्वाचन आचार संहिताविपरित गृहमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाँणका लागि भोट माग्दै हिंडेका छन् ।
निर्वाचन आचार संहिताको दफा ६ मा स्थानीय सरकारका प्रमुखले कुनैपनि राजनैतिक दलको पक्षमा वा विपक्षमा प्रचार प्रसार गर्न नपाईने उल्लेख छ । आफ्नो नगरपालिका क्षेत्रमा उम्मेदवारसँगै हिडेर वा उम्मेद्वार तथा राजनैतिक दलले आयोजना गरेको कार्यक्रममा सहभागी भइ उनले मत मागिरहेका छन् ।
मेयर खानले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रूपन्देही क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार खाणको पक्षमा भोट माग्दै सिद्धार्थनगर नगरपालिकामा घरदैलोमा सहभागी भईरहेका छन् । मेयर खांनले भैरहवाको बैंक रोडका बिभिन्न पसलहरुमा गइ मत मागेका हुन् ।
क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जनप्रतिनिधिले मत माग्न नमिल्ने भन्दै आफ्नो पालिका बाहेकका स्थानमा भने मत माग्न मिल्ने बताउंछन ।
खरेलले प्रदेश र प्रतिनिधि सभा सदस्य उम्मेदवारको जनप्रतिनिधिले मत मागेको उजुरी परेमा कारबाही प्रक्रिया अंगाडि बढ्ने बताए ।
यस विषयमा नगर प्रमुख खानले भने आफूले आचारसंहिता विपरित कसैको पक्ष वा विपक्षमा मत नमागेको र चुनावी कार्यक्रममा पनि सहभागी नभएको जिकिर गरे ।