© २०२३
बुटवल, ३१ भदौ । ग्रिसमा ग्लिकोव्रिसी समुन्द्रमा डुबेर निधन भएका दिपक तामाङको परिवारलाई आर्थिक सहयोग अभियानमा दिपेशराज नेपाल सफल भएका छन । ‘सेवा नै धर्म हो ।’ भने मुल मन्त्रका साथ सामाजिक अभियान्त एवम् पत्रकार दिपेश राज नेपालले भबानी पौडेल, सुवेन्द्र मोक्तान, अज्जत चौधरी लगायतको सहयोगमा आर्थिक अभियान संचालन गरेका हुन । युरोपमा भबिष्य बनाउनका लागि मिठो सपना बोकेर वैदेशिक रोजगारीको सिलसिलामा नेपालदेखि बुल्गेरिया हुँदै त्यो देश बाटो करिब २० दिन पहिला सम्बन्धित देशबाट दिपक तामाङ ग्रिस आएका थिए ।
गत जुलाई २१ तरिकाको दिन साथीहरुसंग ग्रिसमा ग्लिकोव्रिसी भने ठाँउमा माछा मार्न जानेक्रममा तामाङ समुन्द्रमा डुबेर निधन भएको थियो । उनको लास ग्रिस प्रहरीले ३ दिनमा भेटेका थिए भने आर्थिक अभावको कारण लास नेपाल ल्याउन समस्या भएपछि त्यहाँ रहेका नेपालीहरुको अगुवाईमा अभियान सञ्चालन भयो । मोरङ जिल्ला लेटाङ नगरपालिका–१ का २६ वर्षीया दिपक तामाङको परिवारलाई आर्थिक अवस्था कमजोर रहेको हुदा थोरै भएपनि राहत मिल्ने गरि अभियान चलाएको नेपालले बुटवलटुडेलाई बताए । प्रवासमा रहेका नेपालीहरु आर्थिक अभावको कारण लास ल्याउन नसकेका बेला त्यहाका समाजबाट धेरै कामहरु गरिएको उनले बताए ।
तामाङको लास नेपाल ल्याउन अभियानमार्फत आर्थिक संकलन गरि रकम हस्तान्तरण समेत गरिएको छ । करिब साढे सात लाख रुपैया मृतक तामाङका आमा गंगामाया तामाङलाई नेपालमा हस्तान्तरण गरिएको हो । ग्रिसमा ग्लिकोव्रिसीमा बाट दीपक तामाङको सहयोगार्थ अभियान सञ्चालन भयो । तामाङको नामबाट संकलन गरेको रकम नेपालमा लास पठाएर पनि बाँकी बसेको रकम उनका परिवारलाई बुझाएको सामाजिक अभियान्ता एवं पत्रकार दिपेशराज नेपालले जानकारी दिए ।