© २०२३
काठमाडौं ।
संघीय संसदको राष्ट्रियसभाका दुई समितिमा सभापति चयन भएका छन् ।
सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका हुन् । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी हुन् ।
निर्वाचित दुवै समितिका सभापतिलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका छन् ।