© २०२३
बुटवल, ३० भदौ । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति ट्रफि–२०८१ खेलकुद प्रतियोगिता आइतबारबाट सुरु भएको छ । काठमाडौंको जंगी अड्डा भद्रकालीमा सुरु भएको प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरे । प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष १५०० मिटर दौडका विजेताहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरे ।
आश्विन १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन् ।
नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने उदेश्यका साथ प्रतियोगीता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफि सुरु भएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी