© २०२३
बुटवल(बुटवल टुडे) भदौ– सामुदायीक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सदृढिकरण दोस्रो चरण अन्र्तगत बुटवलमा २ दिने उद्यमहिलता सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको ५। युएन वुमन र टेवा समुहको आर्थिक सहयोगमा अपाङ्गता महिला संघ रुपन्देहीको आयो जना उक्त कार्यक्रम गरिएको हो।
४ जना अपाङ्गता भएका उद्यममा लागेका महिला तथा अपाङ्गता भएका व्यक्तिका अभिभावक, मधेसी समुदायका महिला, एकल महिलाहरुको रुपन्देहीका अध्यक्ष कल्पना ढकालले जानकारी दिईन । दुईदिन सम्म चलेको कार्यशालामा बुटवल उपमहनरपापलिका सामाजिक परिचालन, अन्तर सरकारी तथा संघसंस्था समन्वय शाखा प्रमुख दामोदर ज्ञवालीले सहजीकरण गरेका थिए । अपाङ्गता भएका महिलाहरुलाई उद्यमी बनाउनको लागि के कस्तो योजना निर्माण गर्न सकिन्छ, कसरी आफ्नो व्यवसाय सुरुवात गर्न सकिन्छ ?
व्यवसाय सुरुवात गर्दा नाफा कमाउन सकिन्छ लगायतको विषयमा कार्यशालामा प्रकाश पारिएको अध्यक्ष ढकालले जानकारी दिईन । कार्याशाला समापन कार्यक्रममा टेवा समुह काठमाण्डौबाट समेत प्रतिनिधीहरुको सहभागीता रहेको थियो । सहभागीहरुले सिकेको सीपलाई व्यवहारमा उतारी उद्यमशिलता बन्ने प्रक्रियामा कार्यक्रम फलदायी भएको प्रतिक्रिया दिएका थिए ।