© २०२३
बुटवल, ३० भदौ । रुपन्देहीमा रगत अभावलाई मध्येनजर गर्दै बुटवलमा क्रियाशिल राधाकृष्ण युवा क्लबले बृहत् रक्तदान गरेको छ । ‘युवा पुस्ताको सोच, समृद्ध नेपालको खोज’ नारासहित स्थापना भएको राधाकृष्ण युवा क्लबको आयोजनामा १४ औ पटक बृहत् रक्तदान गरिएको हो । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले सामाजिक उत्तरदायित्वमा क्लबको महत्वपूर्ण भुमिका खेलेको भन्दै स्थानिय सरकार सधै सहकार्यमा रहने बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बजारमा धेरैभन्दा धेरै रगतको माग देखिएको भन्दै स्वस्थ्य मानिसहरु रक्तदानबाट बिरामीलाई बचाउन सकिन्छ । उनले एउटा ब्यक्ति १६ वर्षदेखि ६५ वर्षसम्म गरि ३८ वर्षमा १९२ पटक रक्तदान गर्न सकिने सम्भावना रहेको उनले बताए । रक्तदानबाट आफ्नो स्वस्थ्यको बारेमा समेत जानकारी मिल्ने उनले बताए । यो अभियानमा सबै युवाहरु लाग्नुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा क्लबका अध्यक्ष यम बरालले सामाजिक उत्तरदायित्वमा युवाको भुमिकालाई मध्येनजर गर्दै रक्तदान अभियानका रुपमा चलाउदै आएको बताए । रक्तदानमा स्थानियहरुको बृहत सहभागी हुने गरेको उनले बताए ।
कार्यक्रममा वडा नै ६ का वडासदस्य चिनकाजी श्रेष्ठ, टोल समितिका अध्यक्ष माधव कशौधन, प्राविधिक चन्द्र झेडीमगर, क्लबका उपाध्यक्ष हसन्त लामाले रगत अभियानलाई समुदायमा लैजाने गरि सामुहिक रुपमा लग्न जरुरी रहेको बताए । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक कमल सिजालीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी