© २०२३
बुटवल, ३० भदौ । रुपन्देहीमा जारी चौथो राष्ट्रिय एक्यान फुटसल प्रतियोगिताको उपाधि एक्यान बाकेले चुमेको छ । शिखर ईन्स्योर्न्सको मुख्य प्रायोजनमा शनिबार भएको प्रतियोगिताको फाईनलमा एनबिएसएम, काठमाण्डौलाई ट्राईबेकरमा पराजित गर्दै एक्यान बाकेले उपाधि चुमेको हो । उपाधिसंगै उसले नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता एनबिएसएम, काठमाण्डौ नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
बुटवल योगीकुटीस्थित स्वर्णिम फुटसल एरिया नरभिल्लामा भएको प्रतियोगितामा एक्यान चितवन तेस्रो हुदै नगद २१ हजार, कप, मेडलबाट पुरस्कृत भयो । चितवनले भ्यली सेन्टर ११, काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा एक्यान नेपालगंजका गणेश खड्का सर्वोत्कृष्ट खेलाडी, टिम एनबिएसएमका सरोज थापा उत्कृष्ट डिफेन्डर, एक्यान नेपालगंजका तुल्सिप्रसाद काफ्ले उत्कृष्ट गोलकिपर, टिम चितवनका सन्दिप फुयाल हाई गोल स्कोररबाट पुरस्कृत भए।
यसैगरि महिलातर्फ टिम गोल गेट्र्स विजेता बन्दै नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । भने कोल किकर्स उपविजेतामा चित्त बुझायो । विजेता टिमका अस्मिता गुरुङ उत्कृष्ट खेलाडीबाट पुरस्कृत भईन ।
एक समारोहका बिच केन्द्रिय अध्यक्ष अरुण रावत, पुर्व अध्यक्ष आनन्दराज शर्मा वाग्ले, लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम भ्रुतेल, शिखर ईन्स्योरेन्सका प्रदेश प्रमुख किरण काफ्ले, एकानका केन्द्रीय महासचिव संजिता नेपाल, जिल्ला शाखाका सचिव सगुण खनालले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा एक्यान रुपन्देहीका अध्यक्ष कमल ज्ञवालीले चार्टर एकाउन्टेन्टहरुको शारीरिक तन्दुरुस्ती र भाईचारा विकास गर्न कार्यक्रम सफल रहेको बताए । भदौ २८ र २९ गते (दुइ दिन) भएको प्रतियोगितामा १० पुरुष र २ महिला टिम लिएको कार्यक्रममा संयोजक अच्युत पाण्डेले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी