© २०२३
बुटवल, ३० भदौ । नेपाल नियमित रक्तदाता संघको आयोजनामा बुटवलमा सम्पन्न प्रथम सेभेन ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रुपन्देही उद्योग संघले चुमेको छ । शनिबार भएको फाईनल खेलमा रुपन्देही रुपन्देही ब्यापार संघलाई ४–० गोल अन्तरले पराजित गर्दै रुपन्देही उद्योग संघ विजेता बनेको हो । उपाधिसंगै संघले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता ब्यापार संघ भने नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
सिद्घेश्वर खेल मैदान भएको खेलमा फाईनल खेलमा रुपन्देही उद्योग संघ खेलमा हाबि रहेको थियो । संघको जितमा यादव भण्डारीले २ गोल, जिवकान्त काफले र बिशाल बेल्बासेले थप १—१ गोल गरे । प्रतियोगिता संघका यादव भण्डारी उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएको खेल संयोजक महेश खनालले बताए ।
नेपाल नियमित रक्तदातासंघका संस्थापक अध्यक्ष स्वर्गिय सरोज सिलवाल (बन्दि) को १७ औ स्मृति दिवसको अवसरमा रुपन्देहीमा रहेका संघसंस्थाहरु बिचमा खेलमार्फत भाईचार बिकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष दया सिलवालले बताए ।
एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका संयोजक बोनिन पिया, अध्यक्ष दया सिलवाल बन्दी, वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारीले पुरस्कार वितरण गरेका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी