ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

सहकारीबारे प्रष्ट पार्न बुटवलमा कल्याणकारी सहकारीको साधारण सभा प्रशिक्षण गरी मनाईयो

३० भाद्र २०८१, आईतवार
३० भाद्र २०८१, आईतवार

बुटवल, ३० भदौ ।

बुटवलमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले पछिल्लो समयमा सहकारीहरुलाई हेर्ने दृष्टिकोणमा देखा परेको शंका उपशंकालाई प्रष्ट पार्न साधारण सभालाई प्रशिक्षणका रुपमा मनाएको छ । सहकारीले आफ्नो २४ औं वार्षिक साधारण सभालाई भाषणवादबाट मुक्त गरी सहकारी विज्ञद्वारा शेयर सदस्यहरुलाई सहकारीको अवस्था, शेयर सदस्यले गर्नुपर्ने काम, कर्तब्य, अधिकार, संचालक र कर्मचारीको कामको वारेमा करिव २ घण्टा प्रशिक्षण प्रदान गरेको हो ।

जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव तथा सहकारी विज्ञ प्रशिक्षक दामोदर पंगेनीले समग्र देशको सहकारीको अवस्था, रुपन्देहीमा संचालित सहकारीको अवस्था र कल्याणकारी बहुउद्देश्यीय सहकारीको अवस्थाका वारेमा शेयर सदस्यहरुलाई प्रष्ट हुने गरी जानकारी गराएका थिए ।

महासचिव पंगेनीले सहकारीका शेयर सदस्यले लिएको कर्जाको प्राप्त व्याज नै सहकारीको आम्दानी हुने र सोही आम्दानी शेयर सदस्यका लागि नाफा हुने भएकाले लगानीको असुलीमा शेयर सदस्यहरु चनाखो हुनु पर्ने बताए ।

सहकारीहरु शेयर सदस्यका लागि जन्मदा, मृत्युमा, वृद्ध हुँदा आर्थिक रुपमा समस्या पर्दाका साथी भएकाले सहकारी संस्थालाई बन्द गराउन षडयन्त्र गर्नेहरुसंग सजग हुन जरुरी रहेको पनि उनले बताए । नेपालमा ३१ हजार सहकारी संस्था रहेकोमा ५ प्रतिशत भन्दा कम सहकारी संस्थाहरुमा समस्या रहेको भन्दै जिल्ला तहमा दर्ता भएका भन्दा पनि केन्द्र र प्रदेशमा दर्ता भै शाखा विस्तार गरेका केही सहकारीका कारण समस्या उत्पन्न भएको खुलासा गरे ।

उनले अस्वाभाविक रुपमा प्रतिफल दिने लोभ देखाउने सहकारीहरुसंग सचेत रहन र त्यस्ता सहकारीहरुसंग कारोवार नगर्न पनि सुझाव दिए ।

कार्यक्रममा कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष क्षेत्रीले सहकारी ऐनको व्यवहारमा पालना गर्न शेयर सदस्यहरुलाई आग्रह गरे ।

साधारण सभाले अध्यक्ष आचार्य, कोषाध्यक्ष टंक कुमार खडका, लेखा समिति संयोजक बालुराम गिरीको प्रतिवेदन छलफल गरी पास गरेको सचिव कृष्ण प्रसाद ज्ञवालीले बताए । सोही अवसरमा सहकारीका जेष्ठ सदस्य र ७० वर्ष पूरा भएका सदस्यहरुलाई सम्मान गरिएको उपाध्यक्ष दोल राम पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?