ट्रेंडिंग:

>> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली >> राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड 

बुटवल अटो ईन्जिनियरिङ्गको २९ औं साधारण सभा : व्यावसायिक हितको लागि एकता जरुरी

२९ भाद्र २०८१, शनिबार
२९ भाद्र २०८१, शनिबार

बुटवल, २९ भदौ ।

यातायात व्यवसायीको हितको लागि व्यावसायिक संघ संस्थाको बिचमा एकता आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । बुटवल अटो ईन्जिनियरिङ्ग एशोसिएशनको २९ औ बार्षिक साधारण सभा तथा १५ ओं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यावसायिक हितको लागि ३ वटा संस्थाका बिचमा एकता आवश्यक रहेको बताए । पश्चिम नेपाल बस व्यवसायी, ट्रक समिति र अटो ईन्जिनियरिङ्ग एशोसिएसन लगायतका संस्थाहरुको बिचमा रहेका समस्या समाधानको लागि एकमुष्टरुपमा आउनुपर्ने र यसमा नरपालिकाले पूर्ण साथ दिने बताएका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले भने–‘मेरो पालामा नभएको समस्या समाधान वा सम्बोधन अन्यको पालमा हुन सक्दैन, यसको लागि कहाँ कस्तोगरी के गर्न सक्छ, नगरपालिकाले नगर प्रमुखको हिसावले जिम्मेबारी लिएर म गर्न तयार छु । ’

यातायात क्षेत्रमा भएका समस्या समाधानको लागि सबैजनाले आ आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आवश्यक रहेको भन्दै उनले स्थानीय सरकारको नाताले ती समस्या समाधानको लागि सक्दो पहल गर्ने प्रतिवद्धता समेत जनाएका हुन् ।

नेपालकै नमुना अटो भिलेज बनाउनको लागि नगरपालिकाले पहल जारी राखेको भन्दै उनले अहिले सबैभन्दा बढी रकम वडा नम्बर ११ मा नै विनियोजन गरिएको जानकारी दिए । व्यवसायीहरुले जे कामको लागि अटो भिलेजको जग्गा लिएको हो, त्यो काममा प्रयोग नभएको भन्ने गुनासाहरु पनि आएको भन्दै उनले यसको लागि व्यवसायीहर पनि सच्चिएर जानुपर्ने अवस्था आएको बताए । अटो भिलेज स्थापनाको लागि जग्गा उपलब्ध गराएर स्थापना भएपनि होटल तथा रेष्टुरेन्ट स्थापना गरेर काम गर्नु आफैमा गलत भएको मेयर पाण्डेयको भनाई छ ।

मैनावगर क्षेत्रमा खाली रहेको जग्गामा डिपीआर निर्माण गरी के कामको लागि आवश्यक हो, सोही अनुसार त्यसलाई प्रयोग गर्न सकिने भन्दै उनले अव मागमा आधारित कार्यक्रममा बुटवल उपमहानरपालिका अगाडि बढेको बताएका थिए । ‘स्थानीय तहले अव जनताको माग अनुसारको काम अगाडि बढाउने छ, हामी यो बर्ष देखि के योजना, आयोजना वा आवश्यक हो ? भन्ने कुरा माग आएपछि काम अगाडी बढ्छ, यसमा सबैको साथ र सहयोग चाहिन्छ’ मेयर पाण्डेयले भने ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरेले अटो व्यवसायीहरुको हितको लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । बुटवलमा स्थापना हुन खोजिएको अटो ईन्जीनियरिङ्ग कलेजको विषयमा सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।

एशोसिएशन बुटवलका संस्थापक अध्यक्ष खड्ग बहादुर गौतमले व्यवसायीको हितको लागि सबैजना एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायी र अटो क्षेत्रका विचमा सहकार्य नभएको बताउँदै यसमा सहकार्य जरुरी रहेको बताएका थिए । अटो मेकानिक्स व्यवसायीले कहिलेकाही डुब्लीकेट पार्ट्स प्रयोग गरेको कारण सवारी दुर्घटना समेत भएको दावी गर्दै खरेलले यसमा व्यवसायी सम्बेदनशिल हुन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष तथा संस्थाका सल्लाहकार टंक पोखरेल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक गैरे, पुर्व अध्यक्ष केवल प्रसाद यादव, सयनसिंह गौतम, चिन बहादुर गुरुङ्ग, राजन पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष तुल्सीराम न्यौपानेले अटो ईन्जिनियरिङ्ग कलेज स्थापनाको लागि पहल जारी रहेको बताएका थिए । उनले अहिले सम्मको अवस्थामा आउनको लागि पुर्व अध्यक्ष तथा सल्लाहकार, संस्थापकहरुको महत्वपूर्ण योगदान रहेको भन्दै संस्थाको हितको लागि आफु जहिले पनि लागिरहने बताएका थिए । कार्यक्रममा संस्थाका प्रेस सल्लाहकार दामोदर खनाल सहित पुर्व अध्यक्ष, उत्कृष्ट व्यवसायी, कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?