ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

एन प्याप्सन रुपन्देहीमा पद हस्तान्तरण

२९ भाद्र २०८१, शनिबार
२९ भाद्र २०८१, शनिबार

बुटवल, २९ भदौ । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीको १० सौ साधारण सभा तथा पद हसतान्तरण कार्यक्रम सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिल गुरुङले नवनिर्वाचित अध्यक्ष तिलक केसीलाई पद हस्तान्तरण गरेका छन । प्याप्सनको केन्द्रको सहमति अनुसार एकएक वर्षलाई नेतृत्व विभाजन गरे अनुसार समयमा नै पद हस्ताक्षर गरिएको उनले बताए । अध्यक्ष तिलक केसीले एनप्याप्सन समय र वचनको उदाहरण पेश गर्ने गरि काम गरेको बताए ।

कार्यक्रमको एन प्याप्सनका केन्द्रिय अध्यक्ष सुभाष नेपालीले उद्घाटन गर्दै शिक्षामा नीजि क्षेत्रको योगदानको अवमुल्याकन भएको दाबी गरे । सरकारको ठुलो लगानीबाट आउने प्रतिफलभन्दा नीजि विद्यालयहरुको राम्रो नतिजा दिदै आएको भन्दै बेलामा नै नीजि क्षेत्रलाई सम्बोधन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा एनप्याब्सनका प्रदेश सचिव टोपेन्द्र खनालले निजि विद्यालयहरुलाई धरापमा पार्ने गरि रणनिति सफल नहुने तर्क दिदै यो खेललाई रोक्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शैक्षिक पाठ्यक्रम र पद्यतीलाई बदल्न जरुरी रहेको बताए । कुनै पनि विद्यालय अहिले जस पाउने अवस्थामा नरहेको उनले दुखेसो गर्दै नेतृत्व र ब्यक्तित्व विकास गर्ने गरि शिक्षालाई जोड दिन जरुरी रहेको बताए । पाठ्यक्रमलाई प्रदेश संरचनामा ढालेर लैजान समेत उनले सुझाव दिए । सरकारको ठुलो रकम खर्च गर्ने सामुदायिक विदालयहरु १२ प्रतिशत नतिजा ल्याएको बेला निजि विद्यालय भने उत्कृष्ट नतिजा ल्याउन सफल रहेको उनले बताए ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेल, सदस्य बालकृष्ण तिवारी, देउप्रकाश राई, विष्णुप्रसाद पौडेल, पुरुषोत्तम बश्याल, प्रदेश सहसचिव जेबि क्षेत्री, पुरस्तक तथा स्टेशनरी केन्द्रिय सल्लाहकार मनहरी बश्याल, राष्ट्रिय अभिभावक संघ, रुपन्देहीका अध्यक्ष भोज बहादुर बुढाथोकी, जिल्ला उपाध्यक्ष बाबुराम बन्जाडेले शिक्षा क्षेत्रमा पछिल्लोसमय नया परिवर्तन आउने लागेको भन्दै यसबाट थोरै भएपनि सुधार हुनेमा आशाबादी रहेको बताए ।
यसैबिच शैक्षिक र खेलकुद विधामा योगदान दिएका पाच जना पत्रकारहरुलाई समेत सम्मान गरिएको एन प्याब्सनका सचिव अमित यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?