© २०२३
बुटवल, २९ भदौ । सहकारीबारे टिकाटिप्पणी रोकेर सुधार गर्न जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । बुटवलस्थित आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभामा बोल्ने बक्ताहरुले सहकारीका हरेक सदस्य आफनो सहकारीबारे ध्यान दिन जरुरी रहेको औल्याए । साधारण सभाको शनिबार उद्घाटन गर्दै राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिब डा.खगराज शर्माले संस्थालाई बलियो बनाउन बासलात भन्दा पनि सुशासनलाई हेरिनुपर्नेमा जोड दिए । सहकारी अभियानलाई गलत प्रचार गर्ने गरि समस्या देखाईएको भन्दै उनले सबै मिलेर यो समाधान गर्न सकिने दाबी गरे । सबै सहकारीलाई एउटा घानमा राखिदा राम्रो सहकारीलाई अन्याय हुने भएकाले विधि पद्वती बाहिरका सहकारीलाई सहि दिशामा ल्याउन पहल गरिने बताए । सहकारीको बेथितिलाई समयमै ब्यवस्थापन गर्न नसक्दा सहकारीमा केहि छिटा देखीएको उनले बताए । सहकारी समाजबादी अर्थतन्त्रको मुख्य आधारशिला भएको बताउदै उनले छरिएर रहेको स– सानो पुजीलाई एकीकृत गरि रोजगारी सिर्जना गर्ने बाताबरण बनाउन सुझाव दिए ।
कार्यक्रममा रुपन्देही बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष बसन्त प्रसाद ढकालले समस्याग्रस्त केही सहकारीकै कारण सहकारी अभियानलाई गतिहीन नहुने तर्क दिए । सहकारीका सदस्यहरुको सजकता र कृयाशिलताले सहकारीलाई विधि र पद्वतीबाट चलाउन दिशानिर्देश गर्ने र सहकारी अभियानलाई सहयोग पुग्ने उनले बताए । पहुँचको आधारमा सहकारीको रकम हिनामिना हुने गरेको बताउदै उनले उदेश्य अनुरुप सहकारी चलेको छ या छैन भन्नेमा शेयर सदस्य सचेत हुनुपर्ने बताए ।
निवर्तमान अध्यक्ष बाबुराम बन्जाडेले शेयर सदस्यको क्रियासिलताले आवाज सहकारी सफल भएको दाबी गरे । काठमाडौंमा सहकारी खोलेर सेवा केन्द्रको रुपमा रुपन्देही आएका आगन्तुक सहकारीका कारण नराम्रो सन्देश गएको बताउदै त्यस्ता बिकृतीलाई सबैले मिलेर रोक्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष जीवन प्रसाद अधिकारीले प्रतिबेदन प्रस्तुत गर्दै प्रतिकुल अवस्थामा पनि अघिल्लो बर्षको तुलनामा बासलातलाई ३.१६ प्रतिशत वृद्धि गरी २३ करोड ६५ लाख रुपैया लग्न सफल भएको बताए । त्यसै गरि संस्थाको पुजी वृद्धि गरिएको र बचत र कर्जामा उल्लेखनीय प्रगति गरेको बताए ।
सहकारीको प्रबर्द्धनको लागि पत्रकारिताको माध्यमबाट योगदान दिएकोमा बुटवल टुडेका पत्रकार माया केसीलाई नगद सहित आवाज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । त्यसै गरि उत्कृष्ट शेयर सदस्य धन कुमार भट्टराई, उत्कृष्ट तिनि राम गोपाल चौधरी, उत्कृष्ट बाल बचततर्फ युनिका थापा ,उत्कृष्ट कर्मचारी तर्फ उजेला श्रेष्ठ सम्मानित भएको सहकारीका सचिब बालकृष्ण पाण्डेले बताए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष मिनराज भुसाल, लेखा समितिका संयोजक राजिव गौतम, कोषाध्यक्ष स्वराज कुमार जैसवालले आआफनो प्रतिबेदन प्रस्तुत गर्दै सबै मिलेर सहकारीलाई नमुना बनाउनुपर्ने सुझाव दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी