ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार लागेको छ ।—मुख्यमन्त्री आचार्य

२९ भाद्र २०८१, शनिबार
२९ भाद्र २०८१, शनिबार

बुटवल, २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी र निजि अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउनेतर्फ प्रदेश सरकार लागेको दाबी गरेका छन । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाले छैटौ स्थापना दिवसको अवसरमा आयोजना गरेको सम्मान तथा औषधी ब्यवसायीहरुको क्षमता अभिवृध्दि तालिममा उनले सरकारी अस्पतालसंगै निजि क्षेत्रका अस्पताललाई समेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाहलाइ चुस्त बनाउने बताए । भष्ट्राचार न्युनिकरणमा समेत छोटोसमयमा उपलब्धिमुलक काम गर्न सफल भएको दाबी गर्दै उनले आचार संहिता पालना गर्न निमर्म भएर लागेको बताए । पुर्व मुख्यमन्त्री लगायत सुविधा कटाउने अभियानमा केहि चुनौती देखिएपनि यो केहि हदसम्म सफल भएको उनले दाबी गरे । ‘नियत सहि भए सुधार गर्न सकिन्छ ।’—उनले भने ।

बुटवललाई स्वास्थ हव बनाउन, आर्थिक रुपमा समृद्ध बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम थप्ने उनले बताए । ‘१२ सय अस्पतालले पूर्णता पाएपछि औषधी व्यवसाय फस्टाउने छ । आर्थिक कारोबार बढ्ने छ । बुटवल आर्थिक हव बन्छ ।’—उनले भने । प्रादेशिक अस्पतालको भवन निर्माण चालू आर्थिक बर्ष १ अर्ब ८० करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले सबै हिसाबले अस्पतालको पूर्वाधार विकास गर्न उच्च प्राथमिकतामा राखेको उनले बताए । मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा राख्नु भयो । औषधी व्यवसायको नाममा हुने लागू औषधको कारोबार र औषधी विभागले स्वीकृति नदिएका औषधीको बिक्रीवितरणमा कडाइ गरिने बताए ।

कार्यक्रममा प्रदेशका स्वस्थ्यमन्त्री खेम बहादुर सारुले स्वस्थ्य क्षेत्र संवेदनशील भएको हुदा यसमा लागेका व्यवसायीहरु विशेष चनाखो हुनुपर्ने बताए । मापदण्डमा रहेर काम गर्दा कुनै समस्या नहुने उनले बताए ।

जिल्ला शाखा अध्यक्ष खड्क बहादुर बस्नेतले ‘गुणयुक्त, असरयुक्त, जनसुरक्षित, औषधीको आपूर्ति, हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारा सहित औषधी व्यवसायीको क्षमता अभिवृद्धिलाई विशेष जोड दिएको बताए ।

कार्यक्रममा संस्थापक तथा निवर्तमान अध्यक्ष सुरज भट्टराईले आम नागरिकको स्वस्थ्यको विषयमा सरकार गम्भिर बन्न आग्रह गर्दै प्रदेशमा सरकारी स्तरबाट खाद्यान्न, औषधी र कस्मेटिक ल्याब स्थापना जरुरी रहेको औल्याए । औषधीजन्य फोहोर ब्यवस्थापन केन्द्र नहुदा यसको असर शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई परिरहेको भन्दै यसतर्फसमेत सरकार गम्भिर हुनुपर्ने बताए ।
कार्यक्रममा स्थानिय ऐन सम्बन्धी बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, कर सम्बन्धि आन्तरिक राजश्व कार्यालयका प्रमुख धनिश्वर अर्याल, लेखा सम्बन्धी सिए कमल ज्ञवाली, लागु तथा मनोदिपक औषधी रेकर्ड सम्बन्धि संघका पूर्व प्रदेश अध्यक्ष शिव ज्ञवालीले अभिमुखिकरणमा सहजिकरण गरेको संघका महासचिव कृष्ण प्रसाद शर्मा पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?