© २०२३
तिलोत्तमा, २९ भदौ ।
नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थनगर सिटी अस्पताल भैरहवाको प्राविधिक सहयोगमा पारामेडिक्स तथा नर्सिङ स्वास्थ्यकर्मीहरुको लागि मुटु रोग, नसा तथा स्नायू र सर्जरी सम्बन्धी अभिमुखिकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको हो ।
नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीका अध्यक्ष इश्वरी पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन संघका केन्द्रीय सचिव राधा आचार्यले गरेकी थिइन् । कार्यक्रममा संघका केन्द्रीय सचिव अमृत भुसाल, सिटी अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेल, स्वास्थ्य प्राविधिक संघका पुर्व केन्द्रीय महासचिव भास्कर आत्रेय लगायत उपस्थित थिए ।
कार्यक्रममा वििरष्ठ मुटुरोग विशेषज्ञ डा. सुधिर शाह, न्यूरो सर्जन डा. सन्ती थापा र जनरल सर्जन डा. हरि शर्माले सहजीकरण गरेका थिए । नेपाल स्वास्थ्य प्राविधिक संघ स्वतन्त्र पेशागत संगठन हो । यसले स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुको पेशागत हकहित तथा व्यावसायिक दक्षताको आवाज उठाउनुका साथै समय सान्दर्भिक चिकित्सा विज्ञानमा हुने परिवर्तित विषयमा सुसूचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।