ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
६० औ राष्ट्रिय बाल दिवस

हेल्थि बेबि प्रतियोगिता सम्पन्न

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

बुटवल, २८ भदौ । ६० औ बाल दिवसको अवसरमा लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीले आयोजना गरेको हेल्थि बेबि प्रतियोगितामा बुटवलका यारिका सैजु प्रथम भएकी छन् । प्रथम हुन सफल यारिकासहित अभिभावक काजल सैजुलाई सम्मानसहित गिफ्टह्याम्पर प्रदान गरिएको छ । ‘हरेक बच्चाका लागि हरेक अधिकार’ भन्ने मूल नाराकासाथ शुक्रबार लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र परिवार नियोजन संघ रुपन्देहीको आयोजनामा २२ सौ संस्करणको प्रतियोगितामा निशा बज्राचार्यकी शिशु यस्मी द्वितीय हुन सफल भइन् भने सरिता पौड्यालको शिशु विष्णु तृतीय हुन सफल भए । यसैगरी शिल्पा पौडेलकी शिशु समृद्धि, उजिरा खानको शिशु अरमान र कृति बज्राचार्यका शिशु विमान सान्त्वना हुन सफल भएका थिए ।

प्रतियोगितामा ६ महिनादेखि १८ महिनासम्मका बालबालिकाहरु भागलिने पाउने क्लबका अध्यक्ष तारा श्रेष्ठले बताईन । चिकित्सकबाट स्वस्थ जाच गरेर उमेर अनुसारको वृद्घि विकासलाई मुख्य आधार बनाएर बिजेता घोषित गरिने उनले बताईन । पहिलो संस्करणमा विजेताका बच्चा यो पटक विजेता भएको उनले बताईन ।

एक कार्यक्रमका बिच लायन्स इन्टरनेश्नल ३२५ पी का डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले विजेता बालबालिका र परिवारलाई पुरस्कार वितरण गर्दै आजका शिशु भोलीका भविष्य भएको बताए । बालबालिकाको शारिरीकसंगै मानसिक बिकासमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै निर्णायक मण्डलका संयोजक तथा आम्दा अस्पताल बुटवलका मेसु तथा बाल रोग विशेषज्ञ डा. विनोद पराजुलीले शिशुको स्वास्थ्यका लागि परिवारको वातावरण स्वस्थ हुनु पहिलो शर्त रहेको उल्लेख गरे । घर परिवारबाट नै शिशुले पहिलो र अधिकांश व्यवहारिक सीप, ज्ञान हासिल गर्ने हुँदा अभिभावकले उनीहरुको हेरचाहमा ख्याल गर्नुपर्ने बताए । शिशुको उमेर, शारिरीक वृद्धि, बौद्धिक बिकास, नियमित खोपको अवस्था, खानपान लगायतका कुराहरुका आधारमा उत्कृष्ट र स्वस्थ शिशु छनोट गरिएको निर्णायक समितिका संयोजक डा.पराजुलीले बताए ।
कार्यक्रमका अवसरमा बोल्दै परिवार नियोजन संघ रुपन्देहीका सभापति प्रदीप शाक्यले प्रतियोगिता प्रतिस्पर्धाका लागि मात्र नभई सचेतनाका लागि आयोजना गरिएको उल्लेख गरे ।

पछिल्लो समय डिजिटल प्रविधिहरुको प्रयोगसँगै बालबालिकाहरु र अभिभावक बिचको दुरी बढ्दै जाँदा उनीहरुको मानसिक तथा सामाजिक बिकासमा असर परिहेको बताउँदै उनले सचेत हुनु पर्ने समय आएको उल्लेख गरे ।
प्रतियोगितामा ३५ जना शिशुहरु सहभागी भएका क्लबका सचिव सिर्जना वझाले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?