© २०२३
बुटवल, २८ भदौ ।
रुपन्देहीको तिलोत्तमा ५ शंकरपुरचोकमा छोटा हात्तीले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई शुक्रबार सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८० नम्बरको छोटा हात्तीले पछाडीबाट ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार तिलोत्तमा नगरपालिका–७ सेमरा बजार निवासी ६८ बर्षीय तेज बहादुर गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते गुरुङको उपचारका क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तेज बहादुरको शवलाई पोष्टमार्टमका लागि हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
यसैगरी दुर्घटनामा परी मोटरसाइकल चालक तिलोत्तमा–१० नमुना स्कूल बस्ने बर्ष ६४ का लिलबहादुर कामु मगर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र मगरको हाल क्रिमशन अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय मंगलापुरका वरिष्ठ हवल्दार हिराधर उपाध्यायले जानकारी दिए । ठक्कर दिने छोटा हात्ती र चालक पाल्पा रिब्दिकोट ६ बस्ने ३२ बर्षीय यम बहादुर गाहालाई नियन्त्रणमा लिएर छानविन अघि बढाइएको उपाध्यायको भनाई छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी