© २०२३
बुटवल, २८ भदौ । सुन्दर र सफा बुटवल हाम्रो अभियान नारालाई सार्थक बनाउने गरि रुपन्देही ब्यापार संघ, जुत्ताचप्पल बस्तुगत उपसमितिले सरसफाईमा जोड दिएको छ । शुक्रबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर पौडेललाई संघका अध्यक्ष दिपक अधिकारी, उपसमिति संयोजक उत्तम देवकोटाले २ सय पिस डस्टबिन र फुलसहितको गमलाहरु हस्तान्तरण गरेका छन ।
बुटवलको अमरपथ र राममन्दिर क्षेत्रमा डस्टबिन र गमला राखी कार्यक्रमको शुभारम्भ गरिएको उपसमिति संयोजक उत्तम देवकोटाले बताए । सफा र सुन्दर नगर बनाउन सबै नागरिकको भुमिका रहने भन्दै यो शुरुवात भएको बताए । राम मन्दिर लाईन र अमरपथ क्षेत्रमा शुरुवात भएर अन्य क्षेत्रमा समेत लगिने उनले बताए ।
कार्यक्रममा वडा नं ४ का वडाअध्यक्ष नरिश्वर पौडेलले बजार क्षेत्रमा पर्ने राम मन्दिर लाईन र अमरपथमा सरसफाइसंगै ट्राफिक ब्यवस्थापनमा जोड दिने बताए । नगरलाई आर्कषक बनाउन स्थानिय ब्यवसायीहरुको उत्तिकै दायित्व भएको भन्दै उनले यसमा स्थानिय सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । यो काममा स्थानिय टोल समितिलाई जिम्मेवार बनाउनेतर्फ विशेष अगुवाई गर्ने समेत उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष दिपक अधिकारीले सामाजिक उत्तरदायित्वमा नगरका सबै संघसंस्थाहरुको अहम भुमिका हुने भन्दै उपसमितिबाट राम्रो शुरुवात भएको बताए । कार्यक्रममा संस्थापक महासचिव गोपाल अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, प्रथम उपाध्यक्ष दयानिधी भण्डारी, महासचिव फर्सुराम पन्त, उपसमितिका सचिव विजय घिमिरेले अभियानको सफलताका लागि निरन्तर लाग्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी