© २०२३
बुटवल, २८ भदौ । नेपाल नियमित रक्तदाता संघको आयोजनामा बुटवलमा जारी प्रथम सेभेन ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधिका लागि रुपन्देही रुपन्देही ब्यापार संघ र रुपन्देही उद्योग संघ भिड्ने भएको छ । पहिलो सेमिफाईनल खेलमा रुपन्देही ब्यापार संघले होटल ब्यवसायी संघलाई १–० गोल तथा दोस्रो सेमिफाईनलमा रुपन्देही उद्योग संघले रुपन्देही मिष्ठान्न, क्याटरिङ तथा पार्टि प्यालेस संघलाई ३–१ गोलले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।
फाईनल खेल शनिबा दिउसो हुने संयोजक महेश खनालले बताए । सिद्घेश्वर खेल मैदान भएको खेलमा रुपन्देही ब्यापार संघले होटल ब्यवसायी संघलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरे।संघका गंगाराम बरालले विजयी गोल गरे । रुपन्देही उद्योग संघले रुपन्देही मिष्ठान्न, क्याटरिङ तथा पार्टि प्यालेस संघलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । रुपन्देही उद्योग संघ बिशाल बेल्बासेले २ तथा यादव भण्डारीले एक गोल गरेका थिए । क्याटरिङका मनिष श्रेष्ठले सान्तवना गोल गरेका थिए ।
संघका संस्थापक अध्यक्ष स्वर्गिय सरोज सिलवाल (बन्दि) को १७ औ स्मृति दिवसको अवसरमा आयोजना गरिएको अध्यक्ष दया सिलवालले बताए । विजेता टिमले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी