© २०२३
बुटवल, २८ भदौ । चार्टर एकाउन्टेन्टहरुको शारीरिक तन्दुरुस्ती र भाईचारा विकास गर्ने लक्ष्यसहित नेपाल चार्टर एकाउन्टेन्ट संघ, रुपन्देहीको आयोजनामा चौथो राष्ट्रिय एकान फुटसल प्रतियोगिता २०८१ शुरु भएको छ । शिखर ईन्स्योर्न्सको मुख्य प्रायोजनमा साईन रेसुङा बैकको सहयोगमा शुक्रबारदेखी दुई दिने प्रतियोगिता शुरु भएको हो ।
बुटवल योगीकुटीस्थित स्वर्णिम फुटसल एरिया नरभिल्लामा भएको उद्घाटन खेलमा सुर्य नेपालले एकान (बाके जिल्ला) लाई १–० गोल अन्तरले पराजित गरेको छ । सुर्य नेपालका प्रकाश पौडेलले विजयी गोल गरे । यसैगरि दोस्रो खेल एकान (रुपन्देही) ले बुटवल स्ट्राईकर्सलाई ८—१ गोल अन्तरले पराजित गरेको छ । एकान रुपन्देहीका प्रविण देवकोटा २, कमल कार्कीले ३, अमृत बहादुर कार्कि, मुकुल पन्थी, सुभाष गौतमले गोल गरेका थिए । बुटवल स्ट्राईकर्सका सगुन खनालले सान्त्वना गोल गरे ।
एक समारोहका बिच एकानका पुर्व अध्यक्ष आनन्दराज शर्मा वाग्लेले प्रतियोगिताको शुभारम्भ गर्दै चार्टर एकाउन्टेन्टहरु पनि खेलकुद गतिविधि गरेर स्वास्थ्य सचेतना दिन सफल भएको बताए । वार्षिक कार्यक्रम अन्तरगत प्रतियोगिता शुरु भएको प्रतियोगिताको चौथौ संस्करण रुपन्देही शाखा आयोजना गरेर निक्कै महत्वपूर्ण भुमिका खेलेको उनले बताए । फुटसलबाट सिएहरुको नया नया पुस्ताहरुबिचमा सम्बन्ध जोड्न सकिने र भाईचारा स्थापना हुने उनले बताए । नियमित अभ्यासकै कारण अहिले सिएहरुका खेल ब्यवसायिक रुपमा विकास भैरहेको समेत उनले बताए ।
कार्यक्रममा एकान लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम भ्रुतेलले सधै भरि काममा ब्यस्त रहने सिएहरु खेल्ने, रमाउने वातावरण सृजना गर्ने लक्ष्यसहित वर्षमा एकपटक खेलकुदमार्फत जोड्ने काम गर्दै आएको बताए । पहिलो संस्करण चितवनमा भएको थियो भने त्यसपछि दोस्रो संस्करण पोखरा, तेस्रो संस्करण चितवन र अहिले चौथो संस्करण रुपन्देहीमा भएको हो । प्रतियोगितामा टिमलाई दुई समुहमा विभाजन गरेर लिग आधारमा खेलाईने उनले बताए । शुक्रबार पहिलो चरणको १५ खेलहरु हुने उनले बताए ।
कार्यक्रममा शिखर ईन्स्योरेन्सका प्रदेश प्रमुख किरण काफ्ले, एकानका केन्द्रीय महासचिव संजिता नेपाल, जिल्ला अध्यक्ष कमल ज्ञवाली, सचिव सगुण खनालले बौद्धिकतासंगै शारीरिक ब्यायमलाई जोड दिदै खेलकुदसंग जोडेर राष्ट्रियस्तरको सिएहरु आवद्ध रहेका जिल्ला समितिहरु बिचमा प्रतियोगिताबाट राम्रो सन्देश गएको बताए ।
कार्यक्रममा संयोजक अच्युत पाण्डेले प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमले नगद २५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि महिलातर्फ विजेता टिमले नगद २५ हजार रुपैया र कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । भदौ २८ र २९ गते (दुइ दिन) चल्ने प्रतियोगितामा १० पुरुष र २ महिला टिम रहेका छन । देशभरमा ३१ सय सिएहरु संस्थामा आवद्ध छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी