ट्रेंडिंग:

>> मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु >> नवलपरासीमा यात्रु सहायता कक्षको स्थापना >> संचारमाध्यम सबल हुन स्थानीय संचार नीति आवश्यक >> स्वार्थ त्यागौं, देश विकासमा हातेमालो गरौं >> कोरोनाको नयाँ भेरियन्ट र सावधानी >> चाडपर्वमा हजार प्रहरी परिचालन >> व्यवसायीबाट ‘सम्झौता बिना भाडा अशुली’ >> दशैंले सीमा पारी चहलपहल >> नेपाल सम्मिलित त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि क्यानडाले जित्यो >> देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा >> आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै >> घरवारविहीनकाे राहतका लागि जुट्न गुल्मेली सम्पर्क समाजकाे आग्रह  >> भैरहवामा बुलेट मोटरसाइकल विक्रेता डिएन मोटर्स सञ्चालनमा >> आयोजक झरना फाईनलमा >> दीर्घकालीन सहकारीको आफ्नै भवन >> तेजस्वी सहकारीको साधारणा सभा >> नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता >> उत्तर बेलवास टोलबिकास संस्थाद्वारा शुभकामना आदान प्रदान कार्यक्रम >> माटो खन्दा ढुङ्गाले च्यापेर महिलाको मृत्यु >> दशैंको मुखमा बजार अनुगमन, सडेका र म्याद नाघेका अखाद्य बस्तु फेला >> अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब >> झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत >> एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य ! >> लुगाघरमा दशै कम्बो प्याक >> सुदूरपश्चिममा फाइजर खोप अभियान सुरु >> प्रधानमन्त्री र बंगलादेशका मन्त्रीबीच ऊर्जा सहकार्यको बारेमा छलफल >>  लिस्नु फाईनलमा >>  बाढी र पहिरोबाट १७,१२० जनाको सुरक्षित उद्धार >> आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी रहने >> हवाई उडानमा एकतर्फी चाप, भद्रपुरबाट रित्तै फर्कियो जहाज >> लेबनान छिरेको इजरायली सेनाका ८ जवान मारिए >> बुटवलमा द ब्यूटी वल्र्डको शाखा सञ्चालनमा >> झ्याप्लेखोला पहिरो : ३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो >> लायन्स बुटवल स्टार्सद्वारा पिस पोष्टर्स प्रतियोगिता >> राप्ती सोनारी गाउँ बाख्रा पालनमा >> तीन महिनादेखि महासंघको कार्यालयमा ताला >> दसैंको जोखिमपूर्ण यात्रा, सावधानी जरूरी >> ‘अनिश्चितताबाट सम्भावनातर्फको यात्रा’ >> शिक्षा सुधारका मुद्दा र समाधानका उपायहरू >> ‘ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान चाहियो’ >> नेपालको बिजुली बङ्गलादेश पठाउन आज त्रिपक्षीय सम्झौता हुने >> पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने >> रीलमा दशैँहा थारू गीत >> नगदेबाली मार्फत जलवायु परिवर्तनको सामना >> रोल्पाले बेच्यो २२ करोडको खसीबोका >> प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना >> बडादसैँ सुरु, आज घटस्थापना >> टी–२० सिरिज: ओमानमाथि नेपालको लगातार दोस्रो जित >> आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै >> इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी

३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा

२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

तानसेन ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा बिहीबार शुरु भएको छ । चेम्बर लुम्बिनी प्रदेशको भर्खरै अधिवेशन सम्पन्न भएपछी आगामी ३ बर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले बताएको छ ।

कार्यशालाको उदघाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठले तानसेन सहित सिङ्गो पाल्पाको पर्यटन र ब्यवसायिक प्रबर्द्धनका लागि सहयोग गर्न आव्हान गरे । स्वास्थ्य,शिक्षा र ब्यवसायका लागि तानसेन ऐतिहासिक हब हुदा हुँदै पनि पछाडी परेकोमा चिन्ता ब्यक्त गरे । पर्यटनका दृस्टिले तानसेनमा अपार सम्भावना रहेकाले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आब्हान गरे । बुटवल – पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुदासम्म तानसेन र आसपासका पर्यट्कीय क्षेत्रमा पर्यटन पुर्बाधारहरु निर्माण गरेर लाखौं पर्यटक भित्राउन सकिने सम्भावना औल्याए ।

चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोख्रेलले आगामी ३ बर्षभित्र लुम्बिनी चेम्बरले अन्तरास्ट्रिय,राष्ट्रिय,प्रादेशिक,जिल्ला र पालिका स्तरिय कार्यक्रम आयोजना गर्ने गरि रणनीतिक योजना बनाउने बताए । अघिल्लो कार्यकालमा चेम्बरलाई बिस्तार गर्ने अधिकाम्स काम भएकाले अबको ३ बर्स उद्योगी,ब्यवसायीको अभिभावक संस्थाको रुपमा बिकास गर्ने बताए । चेम्बरले तीनै तहका सरकारहरुसङ्ग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताउदै त्यसका लागि साथ र सहयोग आवस्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले ब्यवसायिक हकहितका लागि चेम्बरले कुनै कसर बाकी नराख्ने बताए । परम्परागत भन्दा भिन्न गतिविधि गरेर यसपाली चेम्बरले आफ्ना गतिबिधि गर्ने बताए ।

कार्यक्रमलाई सहजीकरण गर्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले चेम्बर लुम्बिनीले आगामी ३ बर्ष गर्न सक्ने गतिविधिलाई कसरी पृथक बनाउन सकिन्छ भन्ने बिषयमा जानकारी गराए।

चेम्बर लुम्बिनीको सिङ्गो कार्यसमिती र विभिन्न जिल्ला र नगरकार्यसमितीका अध्यक्षहरु उपस्थित भएको कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिहरुले गर्ने कार्यक्रमको रणनीति बनाइदैछ । सो अवसरमा चेम्बर लुम्बिनीका महासचिब शिव ज्ञवाली,उपाध्याय जे.पि कडेलेले बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?