© २०२३
बुटवल, २७ भदौ ।
एमालेका पोलिटब्युरो सदस्य एव लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले तिनै तहका सरकारमा एमालेको सुविधाजनक बहुमत नहँुदा सम्म जनताले चाहेजस्तो विकास हुन नसक्ने बताएका छन् ।
नेकपा एमाले तिलोत्तमा ६ को दोस्रो वडा अधिवेशनको उद्घाटन गर्दै गिरीले विगतमा पार्टी भित्रको आन्तरिक कारण र देशभर एमाले माथिको घेराबन्दीले तिनै तहका धेरै स्थानमा जित हासिल गर्न नसकिएको पनि बताए ।
उनले पार्टीले आगामी ८४को निर्वाचनमा अत्यधिक बहुमतका साथ जित हासिल गर्ने गरी लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । अधिबेशनमा एमाले केन्द्रीय सदस्य गोमा आचार्य, एमाले लुम्विनी प्रदेश कमिटी सदस्य, मोहन चापागाइ, जागेश्वर देवि चौधरी, जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला सदस्य दिवश थापां, तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डे, नगर सचिव मिनप्रसाद पोखरेल, माधव पाठक, सुकदेव न्यौपाने, एकदेव पाण्डे, दिपक पाठकलगायतले बोल्दै जनताको भावना बुझेर पार्टिले काम गर्नु पर्ने मिसन ८४ सफल बनाउन आजैदेखि लाग्नु पर्ने बताए ।
उनीहरुले पार्टीमा भएका आन्तरिक मतभेदहरु पनि समयमै पहिचान गरेर एकताबद्ध रुपमा संगठन बिस्तारमा लाग्नु पर्नेमा जोड दिए । अधिबेशनमा वडा कमिटी अध्यक्ष एकदेव पाण्डेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन र सचिव सुन्दर आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सचिव सुन्दर आचार्यले पनि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा तिलोत्तमा ६ मा भित्र रहेका बिभिन्न समयमा पार्टीमा योगदान गर्ने पाँच जनालाई उनीहरुको सम्मानमा मरणोपरान्त परिवारलाई सम्मान गरिएको थियो । त्यसैगरी पार्टीमा लामो समयदेखि योगदान पुर्याउने जेष्ठ नागरिक सहित ३५ जनालाई सम्मान गरिएको थियो । अधिवेशनले सुन्दर आचार्यको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत निर्वाचित गरेको छ ।
कमिटिको उपाध्यक्षमा झविन्द्र गिरी, सचिव देवेन्द्र भट्टराइ र सहसचिवमा कमला गुरुङ, दिल बहादुर अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा तेज प्रसाद पाठक, निर्मला तिवारी, कृष्ण प्रसाद भट्टराइ, जिवकला न्यौपाने, मुक्ति प्रसाद बस्याल, ज्ञानबहादुर झेडि, जितबहादुर थापा, हुमाकान्त मरासिनी, प्रमिला थापा, हुमाकान्त अर्याल, शोभा अर्याल, तिलक पाण्डे, जुगत्ति थारु, रातरानी थारु, मिना गुरुङ, लक्ष्मी गौतम आर्चाय रहेका छन् । त्यसैगरी मायाँ मौरती, रिता थारु, लोक प्रसाद पौडेल लगायत रहेको निर्वाचन समितिका संयोजक माधव पाठकले जानाकारी दिए । कार्यक्रममा निर्वाचित अध्यक्ष सुन्दर आचार्यले आफ्नो वडामा पार्टीलाइ बलियो बनाउने र आगामी निर्वाचनमा अत्यधिक बहुमतले जिताउने प्रतिवद्धता जनाएका थिए ।