© २०२३
बुटवल, २७ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (बुहमत) ले भष्ट्राचार विरुद्धको जनएकता कार्यक्रम अनुसार पालिका र जिल्ला केन्द्रीत कार्यक्रम गर्ने भएको छ । यो भन्दा पहिला प्रदेश केन्द्रीत कार्यक्रम गर्दै आएको उक्त पार्टीले अब जिल्ला र पालिका केन्द्रीत कार्यक्रम सुरुवात गर्न लागेको जनाएको छ । लुम्बिनी प्रदेश कमिटिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी भष्ट्राचार गरेका, विभिन्न मुद्धामा आरोपीत तथा अन्य व्याक्तिहरूलाई जिल्ला प्रवेश रोक देखि लिएर पुत्ला दहन सम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।
पार्टिका लुम्बिनी प्रदेश ईन्चार्ज तिलकले केन्द्रीय कमिटिले प्रदेश र केन्द्रीय स्तरको जनदबाबका कार्यक्रम जारी राख्ने र जिल्ला केन्द्रीत र पालिका केन्द्रीय कार्यक्रममा अव प्रदेश ब्युरोले काम अगाडी बढाउने ईन्चार्ज तिलकले जानकारी दिए ।
लुम्बिनी प्रदेशका सांसद धन बहादुर केसी को विरुद्धमा आन्दोलन गर्दै आएको पार्टीले अहिले अदालतको फैसाला अनुसार १ दिन मात्रै जेल साजय भागेर निस्कीएका सांसदको विरुद्धमा पुर्व रुकुम जिल्ला र उनको पालिकामा प्रवेश निधेष गर्ने सम्मका कार्यक्रम जारी राख्ने भएको हो ।यस्तै निर्मला कुर्मीको बेपत्ता र हत्या आरोपीत प्रदेशका पुर्व मन्त्री बादशाह कुर्मी मन्त्री पदबाट मात्रै राजीजामा दिएको अवस्थामा उनलाई पुर्णरूपमा बराखस्तको माग उक्त पार्टीले गरेको छ ।
उनलाई पनिा बाँके जिल्ला प्रवेशमा रोक र पालिकामा समेत प्रवेशमा रोक लगाउने जस्ता कार्यक्रम जारी रहने ईन्चार्ज तिलकलले जानकारी दिए । पार्टीले धन बहदाुर केसीको मुद्धा फैसाला गर्ने न्याधिष लोक बहादुर हमालको विरुद्धमा समेत आन्दोलन सहित पुत्ला दहनको कार्यक्रम समेत राखेको छ । फैसाल न्यपूर्ण नभएको भन्दै यो कार्यक्रम गर्न लागिएको पार्टीका नेता रेखा खनालले जानकारी दिईन ।