© २०२३
बुटवल , २७ भदौ ।
बुटवलको सुख्खानगर धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले संचालन गरेको इभि चार्जिङ स्टेशन बाट नाफा कमाएको छ ।
संस्थाले बहुउद्देश्य कार्यक्रम अन्तरगत इभि चार्जिङ स्टेशन इभि भेकलहरूकालाई सहज र प्रभावकारी बनेको संस्थाले बताएको हो । संस्थाको संयुक्त बैठकमा संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले यस क्षेत्रका विद्युतिय गाडिका लागि चार्जिङ स्टेशन प्रभावकारी बन्नुका साथै संस्थाका शेयर सदस्यको पुँजी वृद्धि गर्ने बहुउद्देश्य कार्यक्रम सफल भएको बताए । उनले विगत दुई महिनादेखि नियमित संचालन भएको स्टेशनबाट ११ लाख ३४ हजार आम्दानी भएको उल्लेख गर्दै दैनिक ५०–६० गाडि स्टेशनमा आउन गरेको बताए । शेयर सस्दस्यको पुँजी वृद्धिमा स्टेशन सकारात्मक बनेको भन्दै उहाँले आगामी दिनमा सदस्यको आय स्तर वृद्धिका लागि डिपाटमेन्टल स्टोर, साना उद्योग लगायतका कार्यक्रमहरूलाई योजनाका रूपमा राखिएको सो अवसरमा जानकारी दिए ।
कार्यक्रममा संस्थाका संरक्षक भुपालकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष धुर्वकुमार धिताल, पुर्व अध्यक्ष मित्रबहादुर शाक्य, सल्लाहकार डम्बरदेव अर्याल, दिलबहादुर थापा, प्रकाशबन्दु रेग्मी, लेखा संयोजक लुन्जलाल शाक्य, उपाध्यक्ष माया गौतमलगायतले संस्थाको विकास तथा सदस्यको आर्थिक तथा सामाजिक विकासका लागि योजनावद्ध कार्यक्रम सहकारीमा संचालन गर्नु आवश्यक रहेको बताए ।