© २०२३
पाल्पा, २७ भदौं ।
डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ७१ लाख ६४ हजार २२ रूपैया राजस्व संकलन गरेको छ । कार्यालयले वन पैदावारको निकासी वापतको रकम राजश्य रोयल्टी, प्रशासनिक सेवा, बेरुजु फस्र्याैट गरी राजस्य संकलन गरेको थियो । कार्यालयका सुचना अधिकारी रामचन्द्र लामाका अनुसार प्रशासनिक सेवा शुल्क वापत ३ हजार ९ सय वन क्षेत्रबाट आम्दानी बापत ३४ लाख ९९ हजार २ सय ५८, वन क्षेत्रको रोयल्टी, १३ लाख, ३० हजार, ८ सय २८ रूपैयाँ, वेरुजी फस्र्याैट दाखिला ३५ लाख १८ हजार ८ सय ३१ रूपैयाँ न्यायीक दण्ड जरिवाना जवाफ वापत ५ हजार गरी राजश्य संकलन भएको छ ।
वन पैदावार निकासीको लागि राम्रो संभावना भएपनि सरकारको कानुनी जटिलताका कारण विगत केही वर्ष यता साल प्रजातिका रुखहरू कटान हुन नसक्दा राजस्व संकलनमा समेत असर पुगेको छ । यहाँ बाट साल सल्ला असना प्रजातिका काठ, सल्लाको खोटो निकासी हुने गर्दथ्यो । सरकारले पछिल्लो समयमा निर्माण गरेको ऐन नियमका कारण सामुदायीक वन बाट सालको समूह बाट बाहिर निर्यात हुन नसक्दा सामूदायिक वन उपभोक्ता समूहलाई समेत प्रभावित तुल्याएको छ ।
तिनाउ, रैनादेवी छहरा, माथागढी निस्दी गाउँपालिका भित्रका सामुदायीक वनबाट ठूलो मात्रामा सालको काठ निकासी हुने गर्दथियो । एउटा सामुदायिक वनले मात्र वार्षिक रूपमा १० देखि ५० लाख बराबरको काठ निकास गर्ने पाखापानी, सामुदायिक वनका सदस्य खुम बहादुर लम्तरी बताउँछन् ।
वन कार्यालयको तथाङ अनुसार सामुदायिक वन बाट अत्यन्तै न्यून मात्रामा निकासी भएको छ । निजी आवादीको अन्य प्रजाती ६३ हजार ८ सय ४९ .९५ क्यूफिट काठ निकासी हुदा सामुदायिक वन बाट सबै प्रजाती गरेर ३८ हजार ७ सय ८५ क्युफिट काठ निकासी भएको छ ।