ट्रेंडिंग:

>> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक

मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी

२६ भाद्र २०८१, बुधबार
२६ भाद्र २०८१, बुधबार

लुम्बिनी, २६ भदौ ।

प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन नेपाल (पिन) बाट उम्मेदवार बनेका ईन्जिनियर जयलाल मरासिनीले लुम्बिनी प्रदेश इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा आफ्नो सम्पूर्ण प्यानल विजयी हुने दाबी गरेका छन् । मरासिनीले आफ्नो समूहले १८२ मतको फराकिलो अन्तरले जित्ने ठोकुवा गरे ।

उनका अनुसार तीनवटा मतदान केन्द्रबाट ७० देखि ७२ प्रतिशत मतदाताहरूले मात्रै मतदान गर्ने सम्भावना छ । उनले निर्वाचनमा आफ्नो प्यानललाई पूर्ण समर्थन मिल्ने विश्वास व्यक्त गर्दै लुम्बिनी प्रदेशका इन्जिनियरहरूको हकहितका लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् । यसपालि आफु अधिकांश ईन्जिनियरहरुसंग प्रत्यक्ष भेटेर मत माग्न सफल भएको बताउँदै उनले धेरै मतदाताहरु यसपालि परिवर्तनलाई अंगाल्न चाहेको र त्यो नेतृत्व गर्ने टिमको रुपमा ईन्जिनियरहरुले आफ्नो टिमलाई लिएको दावी गरे ।

उनका अनुसार १३.५ प्रतिशत त नेपाल ईन्जिनियर्स एशोसिएसनका सदस्यहरु विदेशीएका छन् । साढे ५ प्रतिशत सदस्य विकट क्षेत्रमा रहेकाले मतदानमा उपस्थित हुने सम्भावना नरहेको र ४ प्रतिशत सदस्य अरु प्रदेशमा कार्यरत रहेकोले ७० देखि ७२ प्रतिशत सदस्यले मात्र मतदान गर्ने आँकलन गरिएको बताएका छन् ।

यसैबिच उम्मेदवार जयलाल मरासिनीले आफु आफ्नो कार्यकालको २ वर्ष पूर्ण रुपमा एनईएकै कार्यलयमा रहेर ईन्जिनियरहरुलाई रोजगार, पेशागत सुरक्षा र पेशागत क्षमता अभिवृद्धि गराउन सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । सेवा अवकासपछि आफु कुनै पेशा र व्यवसायमा सक्रिय नरहेकोले नितान्त रुपमा ईन्जिनियरहरुको काँधमा काँध मिलाएर हरपल एनइएको कार्यलयमा भेटिने र ईन्जिनियरहरुको आफ्नै कार्यालयको रुपमा लुम्बिनी प्रदेशको भवनलाई विकास गर्ने बताएका हुन् । यसअघिका नेतृत्वहरुले कार्यालयमा समय दिन नसक्दा एनईए प्रति ईन्जिनियरहरुको वितृष्णा रहेको जनाउँदै अवको दुई वर्ष एनईएको कार्यलय र काम नै आफ्नो पेशा वा व्यवसाय हुने बताएका हुन् । सबै विचार समूहका ईन्जिनियरहरुले एनईएको कार्यलय आफ्नो भएको महसुस अवको दुई वर्षमा गर्ने उनको दावी छ ।

मतदान प्रक्रिया लुम्बिनीका तीन फरक केन्द्रहरू बुटवल, नेपालगन्ज र दाङमा हुनेछ । मतदानमा प्रदेश र केन्द्रको गरी दुई फरक फरक मतपत्र हुने छ । प्रदेशको तेस्रो तथा केन्द्रको ३४ औ नेतृत्वको लागि यही भदौ २८ गते देशैभर एकैपटक निर्वाचन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?