© २०२३
बुटवल, २६ भदौ ।
महिलाहरुको संविधानमा प्राप्त अधिकार पूर्णरुपमा कार्यान्वयन हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । उनीहरुले पुरुषमा मात्रै होइन महिलाहरुमा नै पितृ सत्तात्मक सोच रहेकोले पनि पूर्ण कार्यान्वयनमा समस्या भएको बताएका छन् ।
अखिल नेपाल महिला संघ बुटवल उपमहानगर १८ अधिवेशनमा बोल्ने वक्ताहरुले महिला अधिकारका सवालमा विगतमा भन्दा धेरै सहज भएको भएपनि समाज रुपान्तरणमा महिलाले गरेको योगदानको तुलनामा अहिले प्राप्त अधिकार कमै हुने उनीहरुको भनाई छ ।
उनीहरुले हरेक स्थानमा ५० प्रतिशत महिलाको सहभागिता गराउनु पर्ने माग समेत गरेका छन । कार्यक्रममा बोल्दै अनेमसंघ केन्द्रीय कमिटि सदस्य तथा लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले महिला मुक्तिका सवालमा धेरै कठिनाइ सहेर यहाँसम्म आइ पुगेको बताइन् । उनले एउटा खुट्टामा एउटा अर्को खुट्टामा अर्कै चप्पल लगाएर संगठन विस्तारमा लागेको स्मरण गर्दै पहिलेको तुलनामा धेरै सहज भएको बताइन् ।
कार्यक्रमा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले महिलाहरुको अधिकारको सवालमा एमाले धेरै अगाडि रहेको बताइन् । उनले महिलालाई आर्थिक रुपमा सवल बनाउँदा मात्रै धेरै अधिकार प्राप्त गर्न सकिने बताइन् ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सावित्रा अर्यालले महिलाहरुलाई सिप संग जोडेर आयआर्जमा अगाडि बढाउन सके महिला महिला हिंसामा समेत कमी ल्याउन सकिने बताइन् । कार्यक्रमा एमाले लुम्विनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेल, अनेमासंघ केन्द्रीय सदस्यहरु ज्ञानु केसी, कल्पना थापा, थानकुमारी थापा, अनेम संघ लुम्विनी प्रदेश अध्यक्ष पम्फावती खनाल, एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, एमाले प्रदेश सदस्य एवं बुटवल उपमहा नगर इन्चार्ज गोपाल राना, ऋषि राम पाण्डे, बाबुराम पन्थी, बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, अनेमसंघ अनेमा सघ जिल्ला अध्यक्ष विष्णु केसी, प्रदेश सदस्य विमला श्रेष्ठ, पुनम लिगल, ममता पौडेल, सरिता खनाल, दुर्गा पाठक, कमला भण्डारी, झविन्द्र रायमाझी अनेमसंघ नगर अध्यक्ष बसुन्धरा भुसाल लगायतले बोल्दै अनेमसंघको पार्टी निर्माण देखि सदस्यता, संगठन विस्तारमा अहम भूमिका रहेको बताएका थिए । कार्यक्रममा अध्यक्ष बसुन्धरा भुसालले राजनैतिक तथा सांगठनिक प्रतिबेदन तथा कोषाध्यक्ष बालकुमारी अर्यालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अनेमसंघ नगर उपाध्यक्ष लक्ष्मी गैरे, सचिव बिष्णु थापालगायतले पनि बोलेका थिए ।