Butwal Today

गुल्मी इस्मामा रोटरीले क्यान्सर परिक्षण शिविर गर्दै

२६ भाद्र २०८१, बुधबार
अ+
अ-

बुटवल, २६ भदौ । ग्रामिण क्षेत्रमा क्यान्सर रोगबारे सचेतना जगाउने उदेश्यका साथ रोटरी क्लब अफ बुटवलले गुल्मीको ईश्मा गाउपालिकामा वृहत क्यान्सर निदान स्क्रिनिङ शिविर गर्ने भएको छ । किसानहरुमा ज्ञान अभावकै कारण तरकारीमा अत्याधिक विषाधी प्रयोग गर्दा यसले दीर्घकालिन असर गर्ने तथ्य बाहिरिएको बेला रोटरीले कार्तिक पहिलो हप्ता शिविर गर्ने भएको हो ।

क्लबको १५३० औ नियमित बैठक तथा तेस्रो बोर्ड बैठकबाट स्वस्थ्य शिविर, ईन्ट्याक्ट क्लब गठन तथा सल्लाहकार मनोनयनको निर्णय भएको क्लबका अध्यक्ष प्रज्वल थान्जुले बताए । बैठकमा नया ईन्ट्याक्ट क्लब अफ होराईजन जिविएस गठन गर्ने, क्लबको सल्लाहकारमा पुर्ब अध्यक्ष नारायण प्रसाद पन्थलाई मनोनित समेत गरिएको उनले बताए ।

गाउबाट क्लबको विजनेश एजेण्डामा बसेको बैठकमा क्लबका कोषाध्यक्ष लक्ष्मन श्रेष्ठबाट आयब्यय विवरण पेश तथा क्लबका पुर्बअध्यक्ष हरि प्रसाद पौडेलको जन्मदिनमा शुभकामना तथा उपहार प्रदान समेत गरिएको सचिव बिरेन्द्र रानाले बताए ।