© २०२३
बुटवल, २६ भदौ। बुटवलमा दुई दशक अघि रक्तदान अभियान थालेका स्वर्गिय सरोज सिलवाल बन्दीको १७ औ स्मृति दिवसमा बुधबार रक्तदान गरिएको छ । रक्तदान अभियानसंगै संस्थागत रुपमा रक्तदाताहरुलाई स्वर्गिय बन्दीले संगठित गर्ने काम गरेका थिए । ‘टोलटोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान’ नारासहित अभियान चलाएका स्व. बन्दीको रगत अभियानकै क्रममा बन्दी दुर्घटनामा परेका थिए ।
नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समिति र जिल्ला शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले उद्घाटन गर्दै सामाजिक कार्यमा सिलवालको रगत अभियानमा भुल्न नसकिने योगदान दिएको बताए । आगामी दिनमा यो अभियान र स्वर्गिय सिलवालको स्मरणलाई वृहत रुपमा अघि लग्न सुझाव दिए । ‘सामाजिक कार्यमध्येको रक्तदान महत्वपुर्ण र उत्कृष्ट कार्य हो ।’—उनले भने । रुपन्देहीकै रगत अभियानका कारण देशभरमा पहिचान बनेको उनले बताए ।
कार्यक्रममा समितिका कार्यवाहक अध्यक्ष लेखनाथ भण्डारीले स्वर्गिय सिलवालबाट स्थापना गरिएको संस्थाको गरिमालाई थप उचाईमा लग्ने गरि अभियानलाई युवामाझ लग्न सफल भएको बताए । गाउदेखि शहरसम्म नया रक्तदाता जोड्ने गरि कामहरु गर्दै आएको भन्दै उनले सामाजिक कार्यमा स्थानिय सरकारबाट सहयोग बढाउन आग्रह गरे । यसपटक रक्तदानसंगै रुपन्देहीका संघसंस्थाहरुलाई समेटेर भातृत्व र सहकार्यमा जोड्ने गरि भेट्रान्स सेभेन ए साईड फुटबल समेत खेलाउन लागेको उनले बताए । रचनात्मक कामलाई जोड्दै भर्खरमात्र समितिको स्थापना दिवसमा वृक्षारोपण, दिप प्रज्वलन लगायत कार्यक्रम समेत गरिएको उनले बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार यमलाल भुषालले बुटवलमा रक्त अभियानमा स्वर्गिय सिलवालको योगदानको बारेमा चर्चा गरे । रगत अभावकै कारण मानव मृत्युलाई रोक्न चलाएको यो अभियानलाई निरन्तरता दिन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संस्थापक अध्यक्षकी धर्मपत्नि रेणु सिलवाल, सल्लाहकार आनन्द कुमार भट्टराई, रुपन्देहि मिष्ठान, क्याटरिङ ब्यवसायी संघका अध्यक्ष कमल पोखरेल, संस्थाका उपाध्यक्ष महेश खनाल, महासचिव दिपक अधिकारी, कार्यक्रम संयोजक तथा संघका जिल्ला अध्यक्ष अवशेष सिलवालले रगतको महत्वलाई बुझाउने गरि ग्रामिण क्षेत्रमा समेत आगामी दिनमा कार्यक्रमहरु गर्न जरुरी रहेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी