ट्रेंडिंग:

>> मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु >> नवलपरासीमा यात्रु सहायता कक्षको स्थापना >> संचारमाध्यम सबल हुन स्थानीय संचार नीति आवश्यक >> स्वार्थ त्यागौं, देश विकासमा हातेमालो गरौं >> कोरोनाको नयाँ भेरियन्ट र सावधानी >> चाडपर्वमा हजार प्रहरी परिचालन >> व्यवसायीबाट ‘सम्झौता बिना भाडा अशुली’ >> दशैंले सीमा पारी चहलपहल >> नेपाल सम्मिलित त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि क्यानडाले जित्यो >> देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा >> आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै >> घरवारविहीनकाे राहतका लागि जुट्न गुल्मेली सम्पर्क समाजकाे आग्रह  >> भैरहवामा बुलेट मोटरसाइकल विक्रेता डिएन मोटर्स सञ्चालनमा >> आयोजक झरना फाईनलमा >> दीर्घकालीन सहकारीको आफ्नै भवन >> तेजस्वी सहकारीको साधारणा सभा >> नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता >> उत्तर बेलवास टोलबिकास संस्थाद्वारा शुभकामना आदान प्रदान कार्यक्रम >> माटो खन्दा ढुङ्गाले च्यापेर महिलाको मृत्यु >> दशैंको मुखमा बजार अनुगमन, सडेका र म्याद नाघेका अखाद्य बस्तु फेला >> अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब >> झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत >> एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य ! >> लुगाघरमा दशै कम्बो प्याक >> सुदूरपश्चिममा फाइजर खोप अभियान सुरु >> प्रधानमन्त्री र बंगलादेशका मन्त्रीबीच ऊर्जा सहकार्यको बारेमा छलफल >>  लिस्नु फाईनलमा >>  बाढी र पहिरोबाट १७,१२० जनाको सुरक्षित उद्धार >> आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी रहने >> हवाई उडानमा एकतर्फी चाप, भद्रपुरबाट रित्तै फर्कियो जहाज >> लेबनान छिरेको इजरायली सेनाका ८ जवान मारिए >> बुटवलमा द ब्यूटी वल्र्डको शाखा सञ्चालनमा >> झ्याप्लेखोला पहिरो : ३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो >> लायन्स बुटवल स्टार्सद्वारा पिस पोष्टर्स प्रतियोगिता >> राप्ती सोनारी गाउँ बाख्रा पालनमा >> तीन महिनादेखि महासंघको कार्यालयमा ताला >> दसैंको जोखिमपूर्ण यात्रा, सावधानी जरूरी >> ‘अनिश्चितताबाट सम्भावनातर्फको यात्रा’ >> शिक्षा सुधारका मुद्दा र समाधानका उपायहरू >> ‘ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान चाहियो’ >> नेपालको बिजुली बङ्गलादेश पठाउन आज त्रिपक्षीय सम्झौता हुने >> पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने >> रीलमा दशैँहा थारू गीत >> नगदेबाली मार्फत जलवायु परिवर्तनको सामना >> रोल्पाले बेच्यो २२ करोडको खसीबोका >> प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना >> बडादसैँ सुरु, आज घटस्थापना >> टी–२० सिरिज: ओमानमाथि नेपालको लगातार दोस्रो जित >> आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै >> इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी

निषेधाज्ञापछि पनि कोशीका पुर्व मुख्यमन्त्री कार्कीले थाले अनसन

२५ भाद्र २०८१, मंगलवार
२५ भाद्र २०८१, मंगलवार

विराटनगर ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् ।

कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि अनशन सुरु गरेका हुन् । सो स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेपनि त्यसलाई बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की ४ बजेदेखि अनशन बसेका हुन् ।

अनशनस्थलमा प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, केही प्रदेशसभा सदस्यहरू, नेपाली कांग्रेसका जिल्ला तहका नेताहरू पनि पुगेका छन् । अनशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र प्रहरीले हालसम्म कुनै हस्तक्षेप भने गरेको छैन ।

स्थानीय प्रशासनले कार्कीको अनशनलाई रोक्न आजै ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, र्‍याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य  गर्न रोक लगाएको थियो ।

विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनशनलगायत विरोधका कार्यक्रमलगायतका गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले उल्लेख गरेको छ ।

आफू मुख्यमन्त्री भएका बेला सुरु गरेका महत्वपूर्ण र जनउत्तरदायी कार्यक्रमहरू अहिलेको सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की अनशन बसेका हुन् । आफू नेतृत्वको सरकार हुँदा सञ्चालन गरिएका यी कार्यक्रम सरकारले कटौती गरेको भन्दै कार्कीले विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?