© २०२३
बुटवल, २५ भदौ ।
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा बुटवलमा र्याली निकाल्नुका साथै अन्तक्र्रिया कार्यक्रम गरिएको छ । रोटरी क्लव अफ मेडिको इ फ्यूजन को नेतृत्वमा सचेतनामूलक र्याली निकालिएको हो ।
र्यालीमा रिजन ५ मा रहेका सम्पूर्ण रोटरी तथा रोट्र्याक्ट क्लवहरुको सहभागिता रहेको थियो । “आत्महत्या रोकथामबारे संवाद सुरु गरों, दृष्टिकोण बदलौं” भन्ने नाराका साथ सचेतना र्याली एवं अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
र्यालीमा रोटरी क्लव अफ बुटवल चौतारीले पनि सक्रिय सहभागिता जनाएको क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए । उनले विभिन्न विद्यालयमा यससम्बन्धी जानकारी गराउने उद्देश्य समेत रहेको बताए ।