ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

विश्व आत्महत्या रोकथाम दिवसमा साईक्लिङ रयाली

२५ भाद्र २०८१, मंगलवार
२५ भाद्र २०८१, मंगलवार

बुटवल, २५ भदौ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा वृहत सचेतनामुलक साईकल रयाली निकालिएको छ । नेपाल मनोचिकित्क संघ, नेपाल सामाजिक मनोचिकित्सक संघ र बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा मंगलबार बुटवलमा आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनमुलक वृहत साईकल रयाली निकालिएको हो । ‘संवाद शुरु गरौः दृष्टिकोण बदलौ ।’ नारासहित विश्वभर विविध रचनात्मक कार्यक्रम गरि दिवस मनाईदैछ ।

गोलपार्कबाट शुरु भएको साईकल रयालीमा सहभागीहरुले ‘आत्महत्याबाट बच्नुहोस्, जिउनुहोस् । समस्या अस्थायी, जीवन अमूल्य ।’, ‘आत्महत्या समाधान होइन, सहयोग माग्नुहोस् ।’, ‘आत्महत्या गर्ने मानिसहरू सधैं कमजोर हुँदैनन्, उनीहरू कठिनाइमा छन् ।’, ‘मिथः आत्महत्या बोल्नेले कहिल्यै गर्दैन । तथ्यः मद्दत आवश्यक छ ।’, ‘मिथः आत्महत्या रोक्न सकिँदैन । तथ्यः रोकथाम सम्भव छ, सहयोग खोजौं ।’ लेखिएका प्लेकार्टसहित तिलोत्तमा नगरपालिकाको मंगलापुर, पुरानो सडक हुदै योगीकुटी आएर समापन गरिएको थियो । नेपाल मनोचिकित्क संघका महासचिव डा मनोज ढुगानाले गतवर्षदेखी साईक्लिङसंग जोडेर आत्महत्या रोकथाम दिवसलाई सचेतनामुलक कार्यक्रम अघि बढाएको बताए ।

कार्यक्रममा नेपाल मनोचिकित्सक संघका उपाध्यक्ष डा सन्दिप सुवेदीले हाम्रो समाजमा आत्महत्याबारेमा सामाजिक गलत धारणा, अन्धविश्वास तथा लोकलाज विद्यमान रहेको बताए । आत्महत्या सम्बन्धी समस्या भएका व्यक्ति वा परिवारका सदस्यले सहयोग पाउनुका बदला भेदभाव, अपहेलना र लान्छना व्यहोर्नुपरेको घटनाहरु धेरै रहेको उनले बताए । आत्महत्या रोकथाम दिवसको रुपमा सरोकारवाला निकायहरु समुदायमा पुग्न जरुरी रहेको उनले बताए । विद्यालयबाट मानसिक स्वस्थ्य र आत्महत्या रोकथाम सचेतना अघि बढाउने गरि सरकारबाट नै अभियान शुरु भैसकेको उनले बताए ।

कार्यक्रममा रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले खेलकुद र स्वास्थ्यलाई जोडेर कार्यक्रमहरु अघि बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100% 0% 0% 0%

admission