© २०२३
बुटवल, २४ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले “भ्रष्टाचार विरुद्धको जनएकता अभियान“ अन्तर्गत लुम्बिनी प्रदेशका वन मन्त्री बाधशाह कुर्मीलाई कारवाहीको माग गरेको छ । लुम्बिनी व्युरोले नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजन गरी निर्मला कुर्मीको वेपत्ता तथा हत्या जस्तो गम्भीर र जघन्य अपराधको मुख्य आरोपित लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री वादशाह कुर्मी र सरकारी कागजात किर्ते गरी दोषी ठहर भएका प्रदेश सांसद डिबि भनिने धन बहादुर के.सी लाई कार्वाही गरी बर्खास्त गर्न माग गरेको हो ।
ईन्चार्ज तिलकद्वारा हस्ताक्षरित विज्ञप्तीमा निर्मला कर्मिको वेपत्ता तथा हत्या जस्तो गम्भीर अपराधको मुख्य आरोपित बादसाह कुर्मीलाई वन तथा वातावरण मन्त्रीबाट तुरुन्त बर्खास्त गरी कानुनी दायरामा ल्याउनु पर्ने मागलाई अझ सशक्त, जुझारु र आक्रामक ढङ्गले निक्र्यौलमा पुर्याउन सम्बन्धित सबै सरोकारवालामा अनुरोध गरिएको छ ।
साथै नेकपा बहुमतले निर्मला कुर्मीको वेपत्ता तथा हत्याको मुख्य आरोपित बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रीबाट तुरुन्त बर्खास्त गरी कानुनी दायरामा ल्याउन २५ गतेदेखि असोज १ गतेसम्म एकलाख हस्ताक्षर संकलन गरी मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम समेत सुरुवात गरेको छ ।
यस्तै भाद्र २६ गतेदेखि बादशाह कुर्मीका सवैखाले सामाजिक कार्यक्रमको बहिष्कार गर्ने, भाद्र २७ गतेदेखि बादशाह कुर्मीलाई बाँके र डिबि भनिने सांसद धन बहादुर केसीलाई रुकुम पुर्व जिल्लामा प्रवेश निषेध गर्ने, भाद्र २८ २९ गते डिवि भनिने धन बहादुर केसीलाई उन्मुक्ति दिने न्यायाधीश लोक बहादुर हमालको सामाजिक बहिष्कार गर्ने र निजको घरमा कालो व्यानर लगाउने, निजका कुकर्महरुको व्यापक भण्डाफोर गर्ने । कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
यस्तै भाद्र ३० न्यायाधीश लोक बहादुर हमालको कारवाहीको लागि न्याय परिषद्मा मुद्दा दिने र भाद्र ३१ गते न्यायाधीश लोक बहादुर हमालको पुत्ला दहन गर्ने कार्यक्रम समेत रहेको नेकपा बहुमतका लुम्बिनी ईन्चार्ज तिलकले जानकारी दिए ।