ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुटवल चलायमानको लागि नया शहरको अवधारणा र योजनामा जोड

२४ भाद्र २०८१, सोमबार
२४ भाद्र २०८१, सोमबार

बुटवल, २४ भदौं । बुटवल बजारलाई चलायनमान बनाउन नया शहरको अवधारणा र योजना ल्याउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । बुटवल बजार व्यवसायीक तथा व्यापारीक हिसाबले कमजोर भईरहेको बेला रुपन्देही व्यापार संघले सोमवार बुटवलमा आयोजना गरेको ‘बुटवल वजारको वर्तमान अवस्था र आगामी सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले नया योजनासहित नया शहरमा जोड दिए । उनीहरुले व्यवसाय सञ्चालनमा विभिन्न कारणहरुबाट कठिनाई र समस्याहरु भएको बताउदै त्यसको समाधानका लागि योजनावद्ध कार्यक्रमहरु जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर पौडेलले बुटवलको भविष्य यहाको व्यापार व्यवसायसंग जोडिएको हुदा त्यसलाई व्यवस्थित बनाउने र त्यसभित्रका समस्याहरुलाई पहिचान गरि समाधान गर्न तर्फ लाग्नु पर्ने बताए । बुटवल वजारको वर्तमान खस्कदो अवस्थाले सबैलाई चिन्तित बनाएको हुदा सुरक्षित भविष्यका लागि घरधनी, व्यापारी तथा स्थानिय सरकारवीचको सहकार्य सहित योजनाबद्ध नया शहरको योजना बनाउनुपर्नेमा बताए । व्यवसायमा आएको परिर्वतन र चर्को घरभाडाले व्यवसाय गर्न निकै कठिनाई उत्पन्न भएकोतर्फ सचेत बन्न आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले बुटवल वजारको खस्दो अवस्थाबाट माथि उठाउनका लागि सिमाबाट हुने चोरी पैठारी रोक्दै व्यवसायमा विविधिकरण गर्नुपर्ने बताए । बजार क्षेत्रमा ट्राफिक समस्या समाधान गर्ने गरि आफु लागेको समेत उनले बताए । घरधनी र ब्यवसायी एक अर्काको परिपुरक भएको भन्दै घरभाडालाई न्युनिकरण गर्दै बजार विस्थापन हुनबाट रोक्ने सहि समयलाई बुझन र गम्भिर बन्न आग्रह गरे ।

कार्यक्रममा संघ अध्यक्ष दिपक कुमार अधिकारीले बुटवलको बजार र व्यवसायीहरु पलायन हुने अवस्था रोक्न स्थानिय सरकारबाट योजना ल्याउनुपर्ने बताए । बुटवल वजारमा झण्डै ४ सय बढी सटरहरु खाली रहेको उनले तथ्थाक दिदै यसले निक्कै भयाभव अवस्था आउने संकेत दिएको बताए । बुटवल वजारलाई बचाउने दायित्व स्थानिय सरकारको भएको हुदा यहाका व्यवसायी र घरधनीवीच समन्वयका लागि पुलका रुपमा भूमिका खेल्न आग्रह गरे ।

कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै संघका प्रथम उपाध्यक्ष दयानिधि भण्डारीले कुनै वेला प्रमुख चलायमान व्यापारिक केन्द्र बुटवल सुनसान बन्नेतिर बाटोमा गएको बताए । कपिलबस्तु र अर्घाखाचीको सिमामा रहेको पत्थरकोट वजार समयमै दुरदृष्टि राख्न नसक्दा विरासत गुमाएको उदाहरण दिदै बुटवल बजारको बारेमा सरोकारवालाहरु समयमा नै सचेत बन्न जरुरी रहेको बताए ।

कार्यक्रममा घरवहाल सरोकार संघका अध्यक्ष राजु लिगल, बुटवल उपमहानगरपालिका वडा नं. १० का सदस्य रमेश अधिकारी, घरधनी रामकाजी श्रेष्ठ, व्यवसायी प्रकाश भण्डारी, संघका प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, महासचिव फर्सुराम पन्तले चलायमान वजारका लागि परम्परागत योजना बिफल साबित भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?