ट्रेंडिंग:

>> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक

सिरहा बन्यो लागुऔषधको हव, तीन दिनमा पाँच क्विन्टल बढी गाँजा बरामद

२३ भाद्र २०८१, आइतबार
२३ भाद्र २०८१, आइतबार

सिरहा, २३ भदौ । पछिल्लो समय सिरहा जिल्ला प्रतिवन्धित लागुऔषधको अखडा नै बनेको पाईएको छ। खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले भारतीय वजार सम्म प्रतिवन्धित लागुपदार्थ गाँजा पुर्याउने र भारतीय वजारबाट बा्रउन सुगर, कोरेक्स, टयावलेटहरु लगायतको लागुऔषधहरु भित्राउने गरेको पाइएको हो।

जिल्लाको उत्तरीक्षेत्र बन्दिपुर, कर्जन्हा, मिर्चैया, गोलवाजार, धनगढी, तरेगना गोविन्दपुर, लाहन लगायतका क्षेत्रहरुबाट तस्करहरुले ठुलोमात्रामा गाँजा खरिदगरी भरीया प्रयोग गरी भारतीय बजार पुर्याउने गरेको स्थानियहरु बताउछन्।

सिरहा प्रहरीले आजमात्रै कर्जन्हा नगपालिका ११ बाट घरको अगाडी झाडीबाट दुई सय ९० केजी गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ। गत २१ गते विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलमा रहेको चानो देवी मुखियाको घरबाटै २ सय १७ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएको थियो। तीन दिनमा प्रहरीले पाँच क्विन्टल बढी प्रतिवन्धित लागु गाँजा बरामद गरेको छ। एकैगाँउबाट यति ठुलो परिमाणमा गाँजा बरामद हुनुलेपनि सिरहा जिल्ला लागुऔषधको हव नै रहेको पुष्टि गर्छ।

गत २१ गते शुक्रवार गोप्य सुचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको गाँजासँगै कारोवारमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए।

प्रहरीले शुक्रवार गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्वर वडाका २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखिया र आज गाँजा सहित अनुसन्धानकालागी एक जना गरी चारजनालाई नियन्त्रणमा लिएको मिर्चैयाका प्रमुख डीएसपी बाखुले बताए।

उनले भने, ‘ आज प्रक्राउ गरेको व्यतिm अहिेले अनुसन्धान भैईरहेकोले नाम सार्वजानिक गर्न नमिल्ने बताए। उनले, ‘अहिले आशंकाको आधारमा पक्राउ गरिएपनि मुख्य कारोवारीहरुको पहिचान भईरहेकोले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने बताए।

प्रहरीले शुक्रवार पक्राउपरेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

सिरहामा अहिले भारतीय र नेपाली समेत शक्रिय भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रहरीले वरामद गरेका गाँउमा तस्करहरुले करिव १० क्विन्टल भन्दाबढी प्रतिवन्धित लागुऔषध गाँजा भित्रयाईएको छ।

यो गाँउमा मात्र नभई लोकमार्गको उत्तरी क्षेत्रमा पर्ने गाँउहरुमा अहिले भारतीय तस्करहरुले सयौँ क्विन्टल गाँजा खरिद गरी राखेको सा्रेतको दावी छ। खरिद गरिएको गाँजा भरीया, स्कुल वस र एम्वुलेन्समा प्रहरीकै सेटिङमा भारत वजार सम्म पुग्ने गरेको स्रोतको भनाई छ।

सिरहामा करिव १५ वर्ष उमेर देखी ३५ वर्ष उमेर समुहका हजारौं युवाहरु लागुऔषधको कुलतमा फसेको जानकारहरु बताउछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?