© २०२३
बुटवल, २३ भदौ ।
प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ४ बाट मानसिक रूपमा कमजोर महिला बाट सडकमा जन्मीएकी बच्चा अहिले रूपन्देहीमा छन् । जिल्ला अस्पताल बिजुवारमा उपचार पश्चात जिल्ला प्रशासन कार्यालयको रिफारिसमा ति शिसु अहिले मानवसेवा आश्रम रूपन्देहीमा हुर्कीरहेकी छिन् । प्यूठानबाट उनी अहिले रूपन्देहीमा आएकी हुन, आमासंगै आश्रममा हुर्कीएका ति शिशुको पास्नी गरिएको छ ।
यस्तै मानवसेवा आश्रम ( मानवता प्रवद्र्धन महाअभियान) लुम्बिनी प्रदेश रूपन्देही शाखाद्वारा मानसिक रूपमा कमजोर एवं ६ महिनाको गर्भवती अवस्थामा बुटवल –१४ बाट उद्वार गरि आश्रम ल्याईएको अन्दाजी १९ बर्षिय जुना मानव ( आश्रमले राखिदिएको नाम) बहिनी बाट जन्मलिएकी छोरी को पनि एकसाथ पास्नी गरिएको हो ।
आश्रमले श्रीस्मा नाम दिएको छ भने जन्मेको ३ दिनमा आमा छोरी लाई स्वर्गद्वारी नगरपालिका द्वारा उद्वार गरि आश्रममा ल्याईएको छोरी श्रीसा मानवसेवा पनि शुभ अन्न प्रशन गरिएको मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले जानकारी दिईन । तिलोत्तमा भलवारीमा रहेको मानवसेवा आश्रममा आयोजना गरिएको सामुहिक पास्नीमा मानव सेवा आश्रमका अभिभावक लोकनाथ भुषाल, शेयर बहदुर गौतम, लालप्रसाद पंगेनी लगायतको सहभागीतामा पास्नी गरिएको हो ।
आश्रमा हुर्कीरहेका यी दुई बालिकाहरूले को अन्नप्रसन्न (पास्नी) गरिएको हो । केन्द्रीय सदस्य तथा आश्रमका लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीका अनुसार आश्रममा रहेका बालवालिकाहरूको विभिन्न शुभ अवसरमा अन्य आम मानिसले जस्तै कार्यक्रम गर्दै आएको छ । मानवसेवा आश्रम (माववता प्रर्वद्धन महाअभियान) का केन्द्रीय महासचिव शुसिला केसी सहितको सहभागीतामा पास्नी कार्यक्रम गरिएको हो ।