ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

मुक्त कमलरी विकास मञ्चको गम्भीर ध्यानाकर्षण

२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार

दाङ,२२ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य रेखा कुमारी शर्माले एक बालिकालाई विगत ८ वर्षदेखि कमलरीको रुपमा बँधुवा बनाएर राखेको र यातना दिएको घटना प्रति मुक्त कमलरी विकास मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले शनिबार एक विज्ञप्ति जारी गर्दै १४ वर्षीया बालिका उर्मिला चौधरीलाई विगत ८ वर्षदेखि कमलरीको रूपमा बँधुवा बनाई मानसिक र शारीरिक यातना तथा शोषण गरेको अवस्थामा काठमाडौँ महानगरपालिकाले उद्धार गरेपछि विकसित पछिल्लो स्थिति प्रति मुक्त कमलरी विकास मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आम नागरिक सरह बाँच्न पाउने अधिकार स्थापित गर्न संघर्षरत रहेको बेलामा अझै पनि विभिन्न उच्च ओहदा र पदमा रहेकारुबाट थारु समुदायका बालिका र महिलालाई बँधुवा श्रमिकको रुपमा राखेर मौलिक हक खोसेर अनागरिक बनाउने काम हुनु संविधान र कानून विपरित रहेको मञ्चले ठहर गरेको छ ।

कुनै पनि बालिकालाई कमलरीको रुपमा बँधुवा राख्नु, श्रम शोषण गर्नु र यातना दिनु कानुन विपरित भएको हुँदा यस प्रकारका काममा संलग्न जो कोहीलाई कानून अनुसार हदैसम्मको कडा कारवाही गर्न मुक्त कमलरी विकास मञ्चले जोडदार मागसमेत गरेको छ ।

कमलरी राखेर दमन गरेको भनिएको पछिल्लो घटनालाई नेपाल प्रहरीले निष्पक्ष छानबिन गर्न, सांसद शर्मा सम्वद्ध दलबाट निष्पक्ष छानबिनमा सहयोग गर्न र कमलरीको रुपमा शोषणमा परेकी उर्मिला चौधरीलाई उचित न्यायसहित पुनस्र्थापना गर्न नेपाल सरकार समक्ष अध्यक्ष चौधरीले अपिल गरेकी छन् ।

यसैगरी, मुक्त कमलरीको हकहीत, मानव अधिकार, न्याय र पुनस्र्थापनाको लागि वकातल गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था बाल अधिकार, महिला अधिकार, आदिवासी महिला अधिकारका क्षेत्रमा काम गर्ने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई निरन्तर पहल गरिदिन पनि आग्रह गरेकी छन् ।

कमलरीहरुको लामो आन्दोलन र संघर्ष पश्चात २०७० असार १३ गते नेपालमा कमलरी मुक्त घोषणा गरिए पनि कमलरी प्रथा अन्त्य नभएको पछिल्लो घटनाले स्पष्ट पारेको भन्दै कमलरी मुक्तिको आन्दोलन अझ सशक्त बनाउनुपर्ने बेला आएको हुँदा सम्पूर्ण मुक्त कमलरीहरुलाई यो अभियानमा एकजुट हुन पनि उहाँले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

नेपाल सरकारले कमलरीहरूसँग २०७० जेष्ठ २४ मा गरेको १० बुँदे सम्झौता, नेपालको संविधानको राज्यको निर्देशक सिद्धान्त तथा पटक–पटक मुक्त कमलरी विकास मञ्चले संघ सरकार र प्रदेश सरकारलाई पेश गरेको ध्यानाकर्षण पत्र कार्यान्वयन गर्न कुनै चासो नदिँदा यस प्रकारका घटनाले प्रश्रय पाईरहेको हुँदा अविलम्ब सम्झौता कार्यान्वयनमा ध्यान दिन पनि सरकारसँग माग गरेका छन् ।

‘कुनै पनि बालिकालाई कमलरीको रुपमा बँधुवा राख्नु, श्रम शोषण गर्नु र यातना दिनु कानुन विपरितको काम हो । नेपाल सरकारले कमलरीहरूसँग २०७० जेष्ठ २४ मा गरेको १० बुँदे सम्झौता, नेपालको संविधानको राज्यको निर्देशक सिद्धान्त र पटकपटक यस मञ्चले संघ सरकार र प्रदेश सरकारलाई पेश गरेको ज्ञापन पत्र, ध्यानाकर्षण पत्र कार्यान्वयन गर्न किमार्थ प्रयास नगरेको स्पष्ट छ’ विज्ञप्तिमा भनिएको छ ‘कमलरी राखेर दमन गरेको भनिएको पछिल्लो घटनालाई नेपाल प्रहरीले निष्पक्ष छानबिन गर्न, सांसद शर्मा सम्वद्ध दलले छानबिनमा सहयोग गर्न र कमलरीको रुपमा शोषणमा परेको भनिएकी उर्मिला चौधरीलाई उचित न्याय दिन र पुनस्र्थापनाका लागि अग्रसरता लिन नेपाल सरकारसँग अपिल गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?