ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

मानव आश्रमका अभियन्तालाई रोट्याक्टको सम्मान

२१ भाद्र २०८१, शुक्रबार
२१ भाद्र २०८१, शुक्रबार

बुटवल, २१ भदौ । सडक आश्रित मानवहरुको उद्घार, संरक्षणमा लागेका मानव सेवा आश्रमका अभियन्ताहरुलाई सम्मान गरिएको छ हिन्दु नारीहरुको चाड हरितालिका तिजको अवसरमा रोट्याक्ट क्लब अफ बुटवलले शुक्रबार मानव सेवा आश्रममा सेवारत महिला अभियन्ता तथा कर्मचारी सम्मान कार्यक्रम गरेको हो ।

एक कार्यक्रमका बिच आश्रमको बुटवल शाखा कार्यालयमा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु, आश्रमका अभिभावक लोकनाथ भुषाल, क्लबका अध्यक्ष दिपेश अग्रहरीले आश्रमका केन्द्रिय महासचिव सुशिला केसी, प्रदेश प्रमुख सरु अधिकारी, जिल्ला संयोजक टिकामाया थापा, विष्णु घर्ति, बुटवल शाखा संयोजक रेनुथापासहित कार्यरत २१ जना अभियन्ता, महिला कर्मचारी तथा ६० जना आश्रितहरुलाई खादा तथा सम्मानपत्रबाट सम्मान गरेका हुन ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले रोट्याक्ट क्लबका युवाहरुबाट नमुना कार्यक्रम ल्याउन सफल भएको बताए । मानव सेवा सामान्य काम नभएको भन्दै मनबाट उत्पन्न हुनुपर्ने उनले बताए । जन्मदिन, वैवाहिक उत्सव जस्ता शुभ कार्यलाई आगामी दिनमा आश्रमसंग समन्वय गर्ने उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष दिपेश अग्रहरीले तिज पर्वको धार्मिक र सामाजिक महत्वलाई थप रचनात्मक रुपमा मनाउने थालनी क्लबबाट भएको बताए । सेवामा समर्पित आश्रमका अभियन्तालाई सामाजिक कार्यमा उर्जा थपिने सम्मान कार्यक्रम गरिएको उनले बताए । धेरै पटक आश्रममा आउदा धेरै परिवर्तन पाएको उनले बताए । आगामी दिनमा समेत समन्वय गरेर जाने बताए ।

कार्यक्रममा आश्रमका केन्द्रिय महासचिव सुशिला केसीले यो सम्मानबाट आफुहरुलाई उत्साह थपिएको बताईन। आफ्नो कोहि नहुने र नाना, छाना, खानाको अभावमा रहेकालाई आश्रय दिदै आएको उनले बताईन । मानव आश्रम हाल देशको सात प्रदेशको १९ जिल्लामा २४ सेवा केन्द्रमार्फत १८ सय बढिलाई आश्रय दिएको उनले बताईन । बिसं २०८२ सम्म सहयोगापेक्षि सडक मानवमुक्त नेपाल बनाउने लक्ष्यसहित अघि बढेको उनले बताईन । ‘अब समय निक्कै कम छ ।’—उनले भने । सडकमा सहयोगापेक्षी (स्वच्दनद जिवनयापन गर्ने), अर्काथरि दैनिक आम्दानी गर्ने र सडकमा जिवन जिउने र पेशेवार मगन्ते गरि तिन प्रकारका मानिसहरु छन । रात्रीसमयमा आफुहरु निरन्तर सडकमा जादा विक्षिप्त महिलाहरु, गर्भवती महिलाहरु समेत भेटिने गरेको र उनिहरुलाई उद्घार गर्दै आएको उनले बताईन । आश्रममा विविध समस्या ब्यहोरेका मानसिक र शारिरिक समस्याका भेटिने गरेको उनले बताईन ।

कार्यक्रममा आश्रमका अभिभावक लोकनाथ भुषाल, क्लबका भेषराज पोखरेल, सचिव दिब्या रेग्मीले युवाहरुबाट रचनात्मक कामलाई थप अग्रसर गराउनुपर्ने बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?