© २०२३
काठमाडौं (बुटवल टुडे), २१ भदौ– कालिका मानवज्ञान मावि, बुटवलका शिक्षक युवराज कंडेल उत्कृष्ठ शिक्षक पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । शिक्षा मन्त्री विद्या भट्टराईले एक समारोहका बीच कंडेललाई नगद पचास हजार, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेकी हुन् । शिक्षक कंडेलले विद्यार्थीलाई व्यवहारिक, प्रयोगात्मक र परियोजना कार्यमार्फत सिकाउने गर्दछन् । आफ्नो विषयमा राम्रो नतिजा ल्याएबापत विद्यालयबाट निरन्तर पुरस्कृत हँुदै आएका कंडेल २७ वर्षदेखि शिक्षण पेशामा क्रियाशील छन् ।
पीपी प्रसाई फाउण्डेशनले नेपालको शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षकलाई हरेक वर्ष राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित गर्ने गर्दछ । पुरस्कारबाट यसरी सम्मान हुनेमा कंडेल सहित कोशी प्रदेशबाट फिक्कल मावि, इलामका शिक्षक मातृका प्रसाद दाहाल, मधेश प्रदेशबाट जनता मावि, सिरहाका शिक्षक रामकृपाल महतो, बागमती प्रदेशबाट महेन्द्रग्राम मावि, भक्तपुरकी शिक्षक अम्बिका धिताल, गण्डकी प्रदेशबाट माछापुच्छे« मावि, कास्कीका शिक्षक सन्तोष आचार्य, कर्णाली प्रदेशबाट अमरज्योती मावि, सुर्खेतका शिक्षक अशोक कुमार राई र सुदुरपश्चिम प्रदेशबाट सरस्वती मावि, कैलालीकी शिक्षक चन्द्रकला दवाडी छिन् ।
कार्यक्रममा बोल्दै शिक्षा मन्त्री विद्या भट्टराईले संघीय विद्यालय शिक्षा ऐन ल्याउनका लागि आफूले प्रयास गरिरहेको बताइन । विद्यालय शिक्षामा तीन तहको बीचमा देखिएका अन्यौलता हटाउनका लागि पनि विद्यालय शिक्षा ऐनको खाँचो परेको उनको भनाइ थियो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ आएको धेरै वर्ष बित्दा समेत काम हुन नसकेको प्रसंग उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसको कार्यान्वयनका लागि तीन वटै तहको सरकारको बजेट र कार्यक्रममा स्पष्टता हुनुपर्ने बताइन ।
फाउण्डेशनका अध्यक्ष शिखर प्रसाईले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको प्रोत्साहनका लागि फाउण्डेशनले पुरस्कार र शिक्षक तालिमका क्षेत्रमा काम गरिरहेको बताए । देशभरबाट आवेदन माग गरि प्रतिष्ठानले शिक्षा अभियन्ता धनन्जय शर्माको संयोजकत्वमा निर्णायक समिति बनाई विभिन्न प्रक्रियामार्फत शिक्षक छनोट गरी पुरस्कृत गर्ने गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी