Butwal Today

बर्दियामा गैँडाको आक्रमणबाट ‘गाइड’को मृत्यु

२१ भाद्र २०८१, शुक्रबार
अ+
अ-

बुटवल।

शुक्रबार बिहान बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका-६ स्थित डल्ला सामुदायिक वनमा गैँडाले आक्रमण गर्दा ‘नेचर गाइड’ ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो।

त्यस्तै घटनामा अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन्।

उनीहरूको अहिले भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।

घाइतेको परिचय उपलब्ध हुन बाँकी छ।