ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आधा प्रतिनिधिले गरे बहिस्कार, पार्टी जिल्ला इन्चार्जविरुद्ध नाराबाजी

२० भाद्र २०८१, बिहीबार
२० भाद्र २०८१, बिहीबार

बुटवल, २० भदौ ।

नेकपा(माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औ जिल्ला सम्मेलन बहुसंख्यक प्रतिनिधिले बहिस्कार गरेका छन् । भैरहवामा माओवादी नेता बर्षमान पुनले सुरुवात गरेको सम्म्मेलनको जिल्ला उपाध्यक्ष प्रशान्त बन्जाडे सहितका ५० प्रतिशत भन्दा बढी सदस्यले बहिस्कार गरेर निर्वाचन गरिएको छ ।

सम्मेलनबाट नयाँ नेतृत्वको लागि निर्वाचन गराउन खोज्दा जिल्ला ईन्चार्ज बामदेव क्षेत्रीले हस्तक्षेप गरी आफु निकट व्यक्तिलाई अध्यक्ष बनाउन लागेपछि अन्य सदस्य तथा साविक कमिटीले बहिस्कार गरेको हो ।

निर्वाचन समितिका समेत रेहका सदस्य विजय आचार्यले समेत सम्मेलन बहिस्कार गरेका छन् । उनले जिल्ला ईन्जार्च बामदेव क्षेत्रीले नियम सम्मत निर्वाचन गराउनुको सट्टा एकलौटी रुपमा नियम विपरित गरेको कारण निर्वाचन समितिको सदस्यबाट बहिस्कार गर्दै निस्किएको बताए ।

संगठनका उपाध्यक्ष प्रशान्त बञ्जाडेले आधा मात्रै प्रतिनिधि भएको अवस्थामा एक समूहले मात्रै एकपक्षीय निर्वाचन गरेको आरोप बताए । पार्टीभित्र गुटगत राजनीति हुँदा सबैको मर्म अनुसार निर्वाचन नभएको उनको तर्क छ ।

पार्टीकै जिम्मेवार नेताहरुले बिद्यार्थी संगठनमा हस्तक्षेप गरेको भन्दै करिब आधा प्रतिनिधिहरुले बन्द सत्रलाई पुनः सञ्चालन गर्नुपर्ने भन्दै उम्मेदवारी फिर्ता लिएर निस्केको समयमा निर्वाचन गराएपछि विवाद बाहिर आएको हो ।

अधिवेशनमा १८५ जना प्रतिनिधि मतदाता रहेकोमा जम्मा ९९ मत मात्रै खसेको छ । बाँकी ८६ जनाले बहिस्कार गरेका थिए । ‘बिधि पद्धति विपरित निर्वाचन गराइएको कारण हामी बहिस्कार गरेका हौं, नयाँ घोषाणा गरिएको नेतृत्व समूह अवैधानिक हो’, बन्जाडेले भने । निर्वाचन समितिमा ईन्द्र विक, दामोदर घिमिरे, विजय आचार्य रहेका थिए ।

अधिवेशनबाट टिकाराम आचार्यको नेत्वृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन घोषणा गरिएको छ । जसमा उपाध्यक्षमा मात्रै निर्वाचन भएको थियो ।

विद्यार्थीले पार्टी इन्चार्ज बामदेव क्षेत्री विरुद्ध नाराबाजी गरेका थिए । १८ गते सम्मेलनको आयोजना गरिएकोमा सम्मेलनको दिन शत प्रतिशत प्रतिनिधि उपस्थित भएको भएपनि बामदेव क्षेत्रीले आफु निकट विद्यार्थी निर्वाचनमा पराजित हुने भएपछि १९ गतेलाई निर्वाचन तालिका सारेका थिए । निर्वाचन समितिले बिना माईन्युट र निर्वाचन तालिम विना नै अगाडि बढेको बताएको छ । एक पदमा बहाल व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने व्यवस्था भएको तर दोहोरो उम्मेदवारी दिएका उम्मेदवारमाथि दावी विरोधको रिटको सुनुवाइ नगरेको समेत आरोप लागेको छ ।

यता, नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज बामदेव गौतम क्षेत्रीले २, ४ जनाले मात्रै बहिस्कार गरेको र कुनै विवादित नभएको दावी गरे । उनले विदाको दिन भएको कारण पनि ५५ प्रतिशत भोट खसेको, निर्वाचन समितिले घोषणा गरेको कारण कुनै विवाद नभएको बुटवल टुडेलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?