ट्रेंडिंग:

>> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री >> ३६ औं झरना रनिङ शिल्ड फुटवल : गोर्खा ब्वाइज र भुपू सैनिक ११ बीच उद्घाटन भिडन्त >> गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो ! >> सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

काठमाडौं।

मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१ वर्षीया अस्मिता पौडेल रहेकी छिन्।

उनलाई प्रहरीले बुधबार बिहान विर्तामोड नगरपालिका-५ पूर्वपश्चिम राजमार्गनजिक एभरेष्ट बैंकअगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

पौडेल भदौ १५ गते अपराह्न साढे ४ बजेपछि फरार भएकी थिइन्। सोही दिन सुन्दरहरैंचा-७ को केरा बगानमा उनका दुई जना छोरी मृत अवस्थामा फेला परेका थिए। एक वर्षीया आइङ्का र तीन वर्षकी छोरी अर्पनालाई विष सेवनपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो।

कार्कीका अनुसार पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ। श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन्।

उनीहरू श्रीमान्-श्रीमतीबीच पटक-पटक घरायसी कुरामा विवाद हुने गरेको बुझिएको छ। पौडेललाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ।

श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी कसुरमा पौडेलविरूद्ध जाहेरी दिएका छन्। पौडेललाई मोरङ जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?