ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दुर्घटना रोक्न सडकहरुमा जेब्रा क्रसिङ

१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

लमही, १९ भदौ ।

चाडबाडमा हुने भिडभाडलाई लक्षित गरी दाङको लमही बजारका सडकहरुमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही बजारका भित्रि सडक र हाईबेमा समेत जेब्रा क्रसिङ बनाइएको हो । बजारका सडकहरुमा भएका जेब्रा क्रसिङ पुरानो भएकाले पैदल यात्रीहरु अन्यौलमा पर्ने र जसले गर्दा दुर्घटना निम्तिन सक्ने भन्दै क्रसिङ सिंगनललाई पुनः कलर गरिएको हो । दुर्घटना न्युनीकरणका लागि लमही चेम्बर अफ कमर्सको आयोजना, वडा प्रहरी कार्यालय लमही, ट्राफिक प्रहरी लमही, ५ नम्बर वडा कार्यालय र सक्रिय युवा ब्यसायीहरुको सहकार्य र संयोजनमा जेब्रा क्रसिङ कलर गरिएको हो ।

चाडबाड नजिकिदै गर्दा भिडभाड बढ्ने र क्रसिङ गर्दा पैदल यात्री अन्यौलमा परेर दुर्घटना हुने अवस्थालाई मध्यनजर गरी जेब्रा क्रसिङ पुनः कलर गरिएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष शितल भुसालले बताए । उनले चाडबाडको बेला कसैमा पनि अप्रिय घटना नघट्नका निमित्त जेब्रा क्रसिङबाट बाटो क्रस गर्नुपर्ने सुझाए । साथै अध्यक्ष भुसालले चाडबाडको बेला चोरीका घटना बढ्ने भएकाले सबै ब्यवसायीहरुलाई सचेत हुन समेत आग्रह गरेका छन् ।

लमहीका सक्रिय ब्यवसायी तथा समाजसेवी डिल्लिराज खनालले जेब्रा क्रसिङ निर्माण सह्रानीय रहेको र यो अभियानमा आफू लगायत आफ्नो टिम पनि सहकार्यमा जुटेको बताए । “यो काम समाजको हितको निम्ति छ, यस्तो कामलाई सबैले समर्थन गर्दै साथ दिनुपर्छ समाजसेवी खनालले भने–“हामी चेम्बर अफ कमर्ससँगै अभियानमा जुटेका छौँ ।”

जेब्रा क्रसिङ निर्माणको कार्य केहीदिन सम्म निरन्तर चल्नेछ । बजार खेल्न आउनेहरु जेब्रा क्रसिङ मार्फत सडक पार गर्नुपर्ने भन्दै ट्राफिक प्रहरी कार्यालय लमहीले सबैमा अपिल गरेको छ । सडक सुरक्षा जीवनको रक्षा भएकाले सबैले सडक पार गर्दा जेब्रा क्रसिङ मार्फत पार गर्नुपर्ने ट्राफिक प्रहरी लमहीका प्रमुख प्रहरी सहायक निरीक्षक टेक बहादुर कुसारीले बताए । जेब्रा क्रसिङ नहुँदा पैदल यात्री लापरबाही तरिकाले सडकमा हिड्ने र जसले गर्दा ४० प्रतिशत बढी दुर्घटना जेब्रा क्रसिङको अभावले हुने गरेको पाइएको प्रमुख कुसारीले बताए ।

हुइँकिएर आएका गाडीलाई पनि कहाँ स्पिड कम गर्ने भनेर अलमल हुने र यसले दुर्घटना निम्तिने सम्भावना बढ्ने बताए । “जेब्रा क्रसिङ भएको बाटोमा हिँड्दा केही हदसम्म सुरक्षित महसुस हुन्छ, लमही बजार भित्रका जेब्रा क्रसिङ चाँडै मेटिने भएकाले बढीमा तीन महिनाभित्रै रङ लगाउनु पर्ने हुन्छ”– प्रमुख कुसारीले भने–“अस्पताल, विद्यालय, पसल र धेरै मान्छे ओहोरदोहोर हुने ठाउँमा पर्याप्त जेब्रा क्रसिङ हुनुपर्छ ।”

जेब्रा क्रसिङले विद्यालय क्षेत्र, मुख्य चोकहरुमा पैदल यात्रुलाई सहज हुनुका साथै सवारी गति नियन्त्रण गर्न सघाउनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?