© २०२३
काठमाडौ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ६.९० अङ्कले बढेर २८३०.२० विन्दुमा कायम भएको हो ।
आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर एक लाख ४४ हजार १९७ पटक खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सात कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । जसमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । त्यस्तै सबैभन्दा बढी घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ८. ८६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ करोड ७२ लाख २३ हजार २७३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको ७ लाख ४४ हजार १५० कित्ता शेयर किनबेच भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी