© २०२३
प्युठान, १८ भदौ ।
प्युठानमा एक महिलाको शव फेला परेको छ । झिमरुक गाउँपालिका ३ र ८ को सीमाना साठीमुरे स्थित झिमरुक नदिमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिए ।
मंगलबार दिउँसो १ वजे झिमरुक नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । झिमरुक नदिको बिच भाग पानीमा घोप्टो अवस्थामा अन्दाजी बर्ष ४५ वर्षकी महिलाको शव भेटिएको हो । प्रवक्ता के.सी.का अनुसार महिलाले लगाएको कपडा निलो पटुका, रातो पेटिकोट र चोलो जस्तो देखिने अवस्थामा लाश फेला परेकोमा नाम थर खुलेको छैन ।
घटना स्थलमा झिमरुक गाउँपालिका मच्छी ओखरकोटबाट प्रहरी नायव निरीक्षक धन बहादुर थापाको कमाण्डमा २ जनाको टोली खटिएकोमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालको कमाण्डमा ५ जनाको टोली खटिएको प्रवक्ता के.सी.को भनाइ छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी