© २०२३
बुटवल, १७ भदौ । नेकपा (एमाले) बुटवल उपमहानगरपालिका शाखा कमिटी बुटवल–५ को दोस्रो अधिवेशनबाट युवा नेता क. यम बरालको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय शाखा कमिटी निर्वाचित भएका छन । कमिटिको उपाध्यक्षमा खेम कुमारी राना, सचिव सुमित खनाल, उपसचिव राजकुमार गुप्ता र आसिम अलि लगायत रहेका छन । कार्यक्रममा अध्यक्ष कौशलाराज गैरेले नवनिर्वाचित पदाधिकारीहरुलाई माईन्युड हस्तान्तरण गरेका छन ।
कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा पोलिटब्युरो सदस्य लिला गिरिले कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक पार्टी अनुशासन सिक्ने र सिकाउने पाठशाला भएको बताए । राजनीतिक पार्टीको सिद्धान्तलाई आत्मसात गर्दै यसका सदस्यहरु समुदायको हकहित र जागरणमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यम बरालले राजनीतिक पार्टीमा नया पुस्तालाई अवसर दिने समय आएको भन्दै स्वदेशमा नै युवालाई रोक्ने गरि सरकारबाट ठोस योजना र कार्यक्रम अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य गोपाल राना, जिल्ला कमिटि सदस्य बाबुराम बोहरा, नेकपा एमाले बुटवल नगर कमिटि अध्यक्ष किशन ज्ञवाली, नेताहरु जलिल मिया, गोरे अलिले नवनिर्वाचित कमिटिलाई सफलताको शुभकामना दिए । पार्टीलाई विभिन्न समयमा योगदान दिएका समाजसेवीहरु भुवनेश्वर भण्डारी र रुल अमिनलाई कार्यक्रममा सम्मान गरिएको थियो ।